संघीय संसदपछि प्रदेशको पालो- वाग्मतीबाट मुख्यमन्त्रीबिरुद्ध अविश्वास प्रस्ताव सुरु

25 December, 2020 16:02 | प्रदेश , बागमती प्रदेश | comments | 82050 Views

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले संघीय संसदले मृत्युवरण गर्नुपर्यो, पार्टी फुटेर दुईवटा बने भने अब यसको असर प्रदेशहरुमा पनि परेको छ । यसको सुरुवात भएको छ वाग्मती प्रदेशबाट, जहाँ मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो । यसअघि वाग्मती प्रदेशमा प्रचण्ड माधव नेपाल समूहका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । आन्तरिक मामिलामन्त्री जम्मरकट्टेलसहित उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिनुभएको हो ।

  

तीन मन्त्रीको राजीनामासंगै सो समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावकका रुपमा शालिकराम जम्मरकट्टेल हुनुहुन्छ । बागमती प्रदेशमा ११० जना सांसद छन् । तीमध्ये ८० जना नेकपाका हुन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More