सगरमाथा आरोही जापानीहरुको अभियानमा भक्कानिए जिज्ञानकुमार (भिडियो)

13 June, 2015 11:47 | जापान , मुख्य समाचार | comments | 135900 Views

सगरमाथा आरोही जापानीहरुले भूकम्पले नेपालको अवस्था असामान्य भएपनि पूर्ण ध्वस्त नभएको सन्देश दिएका छन । उनीहरुले एक कार्यक्रमको आयोजना गरि नेपाललाई सहयोग निरन्तरता दिदै पूर्णध्वस्त भएको अवस्था नभएको जानकारी दिए ।

भूकम्प प्रभावित नेपालीहरुको सहयोगार्थ आयोजित कार्यक्रममा हिमशिखर आरोहीहरुले विश्व सम्पदा सूचीका केही क्षेत्र र घरहरु प्रभावित भएपनि नेपालभरी यसको प्रभाव नभएकाले नेपाल जान अप्ठयारो नभएको जानकारी दिए । केही क्षेत्रमा क्षति पुगेको हो तर अहिले नेपाल सामान्य हुदैछ, उनीहरुको सन्देश थियो । कार्यक्रममा विश्वका प्रसिद्ध शिखरहरुको आरोहण गरिसकेका नवुकाजु कुरिकीले आयोजना गरेको कार्यक्रममा सगरमाथाको आरोहण गरिसकेका केन नोगुची, यासुसिरो, केई तानिगुची र गोउता मिउराले नेपाल ‘जवान देश’ भन्ने सन्देश दिए ।

कार्यक्रममा उनीहरुले आफनो सगरमाथा आरोहणक्रमका विषय वारेमा जानकारीसंगै स्थानिय क्षेत्रमा सकुसल रहेको भिडियो देखाएका थिए । भूकम्पको समयमा अन्नपूर्ण आधार शिविर भ्रमणमा रहेकी केई तानिगुचीले भूकम्पले सो क्षेत्रमा केही प्रभाव नभएको जानकारी दिइन ।

  

अर्का सगरमाथा आरोही केन नोगुचीले भूकम्पका कारण हिमपहिरोको कारण आरोहीहरु मृत्युभएको, धेरै वेपत्ता भएको तथा स्थानिय जनजिवनमा प्रभाव परेकाले सवै क्षेत्रबाट सहयोग जुटाउन आग्रह गरे । हिम पहिरोमा ५० वढी शेर्पाहरुको मृत्युभएको खवरले आफुहरुलाई मर्माहित पारेको बताए । भूकम्प प्रभावित नेपालीहरुको सहयोगका लागि भएपनि नेपाल जान अनुरोध गरे ।

कार्यक्रममा भूकम्प पछि नेपाल पुगेर आउनुभएका जापानी संचार माध्यमका समाचार विश्लेषक जिज्ञानकुमार थापालाई आरोहीहरुले पछिल्लो अवस्थाका वारेमा जिज्ञासा राखेका थिए । थापाले भूकम्पका कारण मानविय, भौतिक सहित विश्वसम्पदामा सूचिमा क्षति पुगेको सवैलाई अवगत भएपनि करिव पाँच हजार विद्यालयमा भएको क्षतिले दिर्घकालिन प्रभाव पार्ने जानकारी दिए । देशभरका विद्यालय भत्किएका छन, दैनिक पठनपाठन अवरुद्ध भएको, जसले भविश्यका कर्णधारहरुमा मानसिक प्रभाव पर्नसक्छ, यसमा सहयोग अहिलेको आवश्यकता हो, भन्नुभयो ।

कार्यक्रममा सगमाथा आरोही तथा विश्व खाध्य कार्यक्रम डव्लुएफपीका सदभावना राजदुत गोउता मिउराले राज्य र जनताको वीचमा भएको असमझदारीका वारेमा विदेशीहरुमा अन्यौल भएको जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उनीहरुले भूकम्प पछिको राहत वितरण तथा अध्ययन भ्रमणक्रममा देखेका दृश्यहरुको संकलनमा भिडियो समेत प्रस्तुत भएका थिए । सो भिडियोलाई नजिकबाट हेरिरहेका संचारकर्मी थापा भावुक भएका थिए । लगत्तै कार्यक्रममा संयोजक कुरिकी तथा सगरमाथा आरोहीहरुको जिज्ञासा सुनेर भक्कानिए । नेपालीहरु दुखमा पनि हास्न सक्छन, नेपाल हसिलो देश हो भन्दा थापाको केहीवेर गला अवरुद्ध भएको थियो ।

भूकम्प पछिको नेपालमा सहयोग जुटाउने उद्धेश्यले आयोजित कार्यक्रममा जापानका पर्यटन व्यवसायी, शिखर आरोही, सर्वसाधारण तथा जापानी संचार माध्यमहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक कुरिकीले नेपालको पछिल्लो अवस्था वारेमा विश्वभरी सन्देश फैलाएर नेपालको पर्यटन क्षेत्रमा नयाँ अभियान थालनि गर्ने जानकारी दिए ।
DSC09084

11297743_10207126538504382_491516830_n

भिडियोहरु:

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More