समानुपातिक तर्फ ९५ लाख मत गणना

16 December, 2017 21:10 | जन सरोकार , प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 282150 Views

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७५ जिल्लाको मतगणना कार्य सकिएको छ ।
अब २ जिल्लामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नं. ३ तथा सर्लाहीको क्षेत्र नं. २, ३ र ४ हुन् ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म करिब ९४ लाख ९६ हजार २६३ मतगणना भैसकेको छ । त्यसमा नेकपा एमालेले ३१ लाख ६० हजार ८८४ मत प्राप्त गरेको छ । एमालेलाई पछ्याउँदै कांग्रेसले ३१ लाख ९ हजार ६५२ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले भने १२ लाख ९५ हजार ६३० मत प्राप्त गरेको छ ।
संघीय समाजवादी फोरमले ४ लाख ६८ हजार २१९ र राजपा नेपालले ४ लाख ६७ हजार ३४० मत प्राप्त गरेको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More