समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस् : मुख्यमन्त्री पोखरेल
१३ औं गणतन्त्र दिवसका अवसरमा प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गणतन्त्र दिवसको अवसरमा सबै दिदी बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।
पोखरेलले शुभकामना सन्देश जारी गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

जनताको सङ्घर्ष र बलिदानले सार्थकता पाएको दिन तथा ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गरी बिना कुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका क्रममा घाइते र बेपत्ता योद्धाप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको छ ।
“शहीदको बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई जनताका छोराछोरीले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको हो”, सन्देशमा भनिएको छ, “गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतःनागरिकमा स्थापित गरेको छ, गणतन्त्र शासन पद्धति मात्र नभएर नागरिकको जीवन पद्धति हो, गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको छ ।”
नेपालको संविधानले गणतन्त्रलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाका रुपमा आत्मसात गरेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुनुपर्छ सन्देशमा भनिएको छ ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जानेछ”, सन्देशमा भनिएको छ, “हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश खुशी जनताको लक्ष्य बोकेर योजनाबद्ध विकासमा अघि बढेका छौँ, बितेका दुईवर्षमा प्रदेश सरकार अघि बढ्नका लागि बलियो आधार खडा भएको छ ।”
मुख्यमन्त्री पोखरेलले गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा उक्त प्रदेशका सबै राजनैतिक दल, सङ्घ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा अपील गर्नुभएको छ ।
“नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिँदै राज्य संयन्त्रको प्रभावकारी परिचालन भएको छ”, सन्देशमा भनिएको छ, “यो सङ्कटको बेला उत्तेजना, आक्रोश र भडकाउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गरौं, सबैको सार्थक सहयोगले नै महामारीलाई जित्न सकिन्छ ।”
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


