सरकार टिकाउन एमालेको कसरत- कांग्रेस-माओवादी आफ्नो नेतृत्वमा बनाउन सक्रिय

10 April, 2021 16:16 | गण्डकी प्रदेश , प्रदेश | comments | 108150 Views

केन्द्रीय सरकारको नेतृत्व गर्ने तयारीमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसलाई माओवादी केन्द्र र जनता समाजवादी (जसपा)ले स्पष्टरुपमा साथ दिने यक्किन नभएपछि अलमलमा रहेको भए पनि गण्डकी प्रदेशमा भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल सुरु गरेको छ । त्यस्तै माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने पहल थालेको छ ।

माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार धरमराएपछि कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्य थालेको हो । त्यसका लागि कुमार खड्काको नेतृत्वमा वार्ता कमिटी गठन गरेको छ ।

नयाँ सरकारका लागि कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको निरन्तर बैठक बसिरहेको छ र शुक्रबार पनि हामी छलफलएको थियो । वार्ता टोलीका संयोजक खड्का तीनवटै दलको यो सरकारको विकल्प खोज्ने एउटै एजेण्डा रहेका ले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरेको बताउनुभयो ।

  

उता माओवादी केन्द्रले संसदीय दलका नेता हरिबहादुर चुमानसहित गायत्री गुरुङ, दीपक कोइराला र रामजी बरालको कार्यदललाई जिम्मा दिएको छ । माओवादी केन्द्रका चार जना सांसद रहेको कार्यदलले भने सरकार गठनका लागि कांग्रेस, जसपा लगायतसँग वार्ता गरिरहेको छ ।

जनता समाजवादीका सांसद हरिशरण आचार्यले नयाँ विकल्पका साथ अगाडि बढ्न एमालेबाहेक सबै दल एकै ठाउँ आउने बताउनुभएको छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् ।

त्यसैले नयाँ सरकारका लागि बहुमत (३१ सांसद) जुटाउन तीन दललाई तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाको साथ अनिवार्य छ । मुख्यमन्त्री गुरुङले पनि सरकार टिकाउन जनमोर्चाकै साथ खोजेका छन् । तर नयाँ सरकार गठनको पहलसँगै जनमोर्चाका प्रदेशसभा सदस्यहरू विभाजित देखिएका छन् । जनमोर्चाका कृष्ण थापाले केही निर्णय नगर्ने बताइरहँदा पियारी थापा र खिमविक्रम शाहीले सरकारको विपक्षमा उभिने बताउनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More