‘सरल, शालीन र सादगी जीवन मनमोहनका गुण’
प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसका अवसरमा सोमबार ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उपप्रधानमन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललगायतले सो स्थानमा पुगी पार्टीका तत्कालीन अध्यक्षप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । कोभिड–१९ को महामारीका कारण उहाँको स्मृतिमा थप कार्यक्रम आयोजना गरिएको छैन ।
सो प्रतिष्ठानका अध्यक्ष पोखरेलले नेता अधिकारीले स्थापना गर्नुभएका आदर्श, सिद्वान्त र मूल्यमान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताउनुभयो । “सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्”, उपप्रधानमन्त्री पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

नेता अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको जनाउँदै पोखरेलले भन्नुभएको छ, “आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एक ढिक्का भई पार्टी काममा सक्रिय रहन ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।”
विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा एमाले र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको थियो । तत्कालीन सरकारका लोकप्रिय कार्यक्रम अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । “उहाँको नेतृत्वको तत्कालीन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन्”, पोखरेलको विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


