सर्लाही घटनाको छानबिनका लागि संसदीय समिति गठनको माग
प्रदेश नं. २ को प्रदेशसभा बैठकमा नेपाली काँग्रेसका सांसदले सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।
बैठकको शुरुमा विशेष समय लिएर काँग्रेसका सचेतक उपेन्द्र कुशवाहाले कुटपिटबाट दलित रामको मृत्यु भएको र जिल्ला प्रहरी कार्यालय सर्लाहीले जाहेरी दर्ता नगरेको भन्दै न्यायिक समिति गठन गर्न माग गर्नुभयो । सचेतक कुशवाहाले मृतकको परिवार तथा आफन्तले प्रहरीमा जाहेरी दिन जाँदा जिल्ला प्रहरी प्रमुखले जाहेरी लिन नमानेको जनाउँदै पीडितलाई न्यायका दिनुपर्ने बताउनुभयो । यही असोज २१ गते दुई पक्षबीच झडप हुँदा ६५ वर्षीय महेन्द्र राम घाइने भई वीरगन्जस्थित नेपाल इन्डो अस्पतालमा उपचारका क्रममा असोज २२ गते मृत्यु भएको थियो ।

प्रहरीले दोषीलाई जोगाउन खोजेको र निष्पक्ष छानबिन नभएको भन्दै काँग्रेस कार्यकर्ताले बुधबार मलंगवामा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को जिल्ला समितिले आपसी विवादका कारण भएको घटनालाई राजनीतिकरण नगर्न आव्हान गरेको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमा असहमति
प्रदेश २ को प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा बनेको विधेयकमा नेपाली काँग्रेसका सांसदले असहमति जनाएका छन् । ती सांसदले विधेयकमा आफ्ना माग पनि समेटिनुपर्ने आग्रह गरेका हुन् । सभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिमा विचाराधीन सो विधेयकमा काँग्रेसका सांसदहरु प्रमिला दास, मंजुकुमारी यादव र सरस्वती चौधरीले ‘नोट अफ डिसेन्ट’ जनाउनुभएको छ ।
सो प्रतिष्ठानलाई लोकतन्त्रका लागि आफ्ना जीवन सम्र्पण गरेका डा। लक्ष्मीनारायण झाको नाममा नामकरण गर्ने प्रस्ताव समावेश पनि ती सांसदको आग्रह छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


