सवारी साधनको ठक्करले एक प्रहरी जवानको मृत्यु

6 June, 2017 14:06 | समाज | comments | 268800 Views

मादक पदार्थ खाएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारी साधनको ठक्करले एक प्रहरी जवानको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी जवान २६ वर्षीय अशोक खवासको मृत्यु भएको हो।  उनलाई गत जेठ १८ गते राति १० बजे पूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो। सवारीको ठक्करबाट गम्भीर घाइते भएका खवासको उपचारको क्रममा सोमबार बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए।

मादक पदार्थ खाएका अपरिचित व्यक्तिलाई सडक पार गराउने क्रममा प्रहरी जवान खवासलाई तीव्रगतिमा आएको नम्बर नखुलेको सवारीले ठक्कर दिएर फरार भएको थियो।

  

प्रहरी जवानद्वारा गाउँमै पुगेर महिलामाथि कुटपिट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More