सारेगमप: फाइनलमा पुगेका आयुष केसी र प्रीतम आचार्यबारे निर्णायकले के भने?
नेपाली बालकद्वय आयुष केसी र प्रीतम आचार्य भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ को फाइनलमा पुगेका छन्। केसी भक्तपुरको ठिमी र आचार्य सुनसरीको इटहरीका बासिन्दा हुन्।
प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा आइतवार केसी र आचार्यसहित छ जना फाइनलका लागि चयन भएका हुन्।

सेमिफाइनलमा नौ जना सहभागी थिए। उक्त रियालिटी शो जी टीभीमा हरेक शनिवार र आइतवार बेलुका प्रसारण हुँदै आएको छ।
अन्तिम चरण
गत फेब्रुअरी ९ बाट सुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको छ।उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अहिले फाइनल राउन्डमा पुगेका हुन्। फाइनल प्रतिस्पर्धा यसै साता प्रसारण हुने बताइएको छ।
के भन्छन् परिवारका सदस्य?
विभिन्न राउन्ड हुँदै दुई नेपाली बालक भारतीय टेलिभिजनको रियालिटी शोको फाइनलमा पुगेकोमा उनीहरूका अभिभावकहरूले आफू ज्यादै हर्षित बनेको प्रतिक्रिया दिएका छन्।
उनीहरूका अनुसार प्रतिस्पर्धाको ‘प्लेटफार्म’ ठूलो र प्रतिस्पर्धीहरू पनि अब्बल भएकाले उनीहरूले ज्यादै मेहनेत गरेर फाइनलको यात्रा तय गरेका हुन्। आयुष केसीका बुवा रामकृष्ण केसीले दुई बालकले नेपालकै इज्जत राखेको प्रतिक्रिया दिए।
उनले भने, ‘धेरै मेहिनेत गरेर बच्चाहरू अन्तिम प्रतिस्पर्धामा पुगे। यो सबैको सद्भाव र उनीहरूको परिश्रमको फल हो। उनीहरूले नेपालको नाक राखेका छन्।” प्रीतम आचार्यकी आमा राधिका आचार्यले पनि आफ्नो छोरा फाइनलमा पुगेकोमा हर्ष व्यक्त गरिन्।
उनले भनिन्, “प्रीतमले फाइनल जित्छ भन्ने आशा छ। तर प्रतिस्पर्धा हो। हामी सबै खुसी छौँ।”
आयुष केसीकी आमारोइन्
सेमिफाइनलमा आफ्नो छोराले गीत गाउँदा रीता केसी धरधरी रोएकी थिइन्।छोराले गाइरहँदा निर्णायकहरू मञ्चमै पुगेपछि उनी भक्कानिएकी थिइन्।
नेपालीमा बोल्दै उनले आफ्नो छोरा तीन/चार हप्तादेखि बिरामी भएको बताइन्। उनले भनिन्, “आयुष एकदम बिरामी थियो। मैले उसलाई हौसला दिइरहेँ। त्यही हौसलाले यो परिणाम आएको हो। सारेगमप स्टेजलाई धैरैधेरै धन्यवाद दिन चाहन्छु।”
शतप्रतिशत अङ्क
आइतवार भएको सेमिफाइनलको प्रतिस्पर्धाको प्रस्तुतिमा केसी र आचार्यले शत प्रतिशत अङ्क पाए।त्यतिमात्र होइन कार्यक्रमका निर्णायकहरूले उनीहरू दुवै जनालाई जुरुक्कै बोकेका थिए।
प्रीतम आचार्यको प्रस्तुति हेरिसकेपछि बलिउड सङ्गीतकार आनन्दराज आनन्दले ‘स्मरणयोग्य प्रस्तुति’ भन्दै प्रोत्साहन दिएका थिए।दुई साताअघिको प्रस्तुतिमा अभिनेता सलमान खानले प्रीतम आचार्यलाई “तिमीले नेपालले गर्व गर्ने काम गरिरहेका छौ” भनेर प्रतिक्रिया दिएका थिए।
आयुष केसीले गीत गाएपछि निर्णायक मण्डल ‘ग्र्यान्ड ज्युरी’का प्रायः सबै सदस्यले उनलाई जुरुक्कै बोकेका थिए।निर्णायक ऋचा शर्माले भनिन्, “तिम्रो प्रस्तुतिले लाग्दैछ ईश्वर यतै नजिकै कतै छन्।’
अर्का निर्णायक तथा गायक शानले शनिवार “प्रीतमको यो अपत्यारिलो प्रस्तुति हेर्न समय मिलाउनु भयो होला” भन्दै ट्वीट नै गरेका थिए।नेपालबाट पनि दुई बालकलाई फाइनलमा सफलताको शुभकामना आउन थालेको छ।
सामाजिक सञ्जालमा धेरैले उनीहरूको प्रस्तुतिको प्रशंसा गरेका छन्।
बीबीसी
आयुष र प्रीतमले हल्लाए भारत- सारेगमपको फाइनलमा कस्तो गीत गाए र के भने निर्णायकले (भिडियोसहित)
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


