सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच पुगेको छ : प्रदेश प्रमुख ‘प्यासी’
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शनिबार विराटनगरमा आयोजित प्रदेश नंं १ को सरकारको दोस्रो वार्षिकोत्सव समारोहमा सरकारले हासिल गरेको प्रगतिको संक्षिप्त किताब विमोचन गर्दै उहाँले सरकारले मुख्यमन्त्री युवा उद्यमशीलता तथा सीमान्तकृत जनताको खाद्यान्नमा पहुँच पुर्याउनु सरकारको ठूलो उलब्धि हो भन्नुभयो ।

प्रदेश प्रमुख अधिकारीले शान्ति सुरक्षा र शिक्षामा सूचना प्रणालीले सरकारको काममा पारदर्शिता बढेको चर्चा गर्दै लोकतन्त्रिक मूल्यमान्यातामा आधारित समाजवादोन्मुख सरकारको नीति तथा कार्यक्रमले प्रदेशका जनता सुखी एवं समुन्नत बन्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश सरकारले लिएको अपेक्षा पूरा हुने विश्वास व्यक्त गर्दै प्रमुख अधिकारीले जनताको आवश्यकता, समानता र समतामूलक समाज निर्माण गर्न प्रदेश सरकार अघि बढिरहेको आफूले पाएको बताउनुभयो ।
मुख्यमन्त्री शेरधन राईले संरचनाविहीन अवस्थामा खडा भएको प्रदेश सरकारले विभिन्न चुनौती, अप्ठ्यारालाई पार गर्दै अवसरको रुपमा प्रयोग गरेको बताउनुभयो । उहाँले सिंहदरबारमा केन्द्रित शासन स्थानीय तहमा पुगेको चर्चा गर्दै सरकार प्रदेश संरचनालाई व्यवस्थित बनाउँदै लगेको छ भन्नुभयो । सरकार सुदूरभविष्यका लागि दीर्घकालीन योजना र कार्यक्रमका साथ अघि बढिरहेको बताउँदै ७३० दिनमा सरकारले ठूलो उपलब्धि हासिल गरेको धारणा राख्नुभयो ।
जनताका असीमित चाहनालाई पूरा गर्न पर्याप्त समय भए पनि जनताका न्यूनतम आवश्यकता प्रदेश सरकारले सम्बोधन गरेको छ भन्दै मुख्यमन्त्री राईले सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकारले ३९ वटा कानून बनाइसकेको जानकारी दिनुभयो । उहाँले प्रदेश राजधानी तोक्नु, स्वीस सरकारको रु एक अर्ब अनुदान सहयोग प्राप्त गर्नु, आयोजना बैंक स्थापना गरी २६ परियोजना समावेश हुनु सरकारको ठूलो उपलब्धि हो भन्नुभयो ।
मुख्यमन्त्री राईले सहमति र सहकार्यको अनुपम नमूना प्रदेश सरकारले देखाएको चर्चा गर्दै आगामी वैशाखमा लगानी सम्मेलन गर्नलाई सरकारले तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले सरकारले सन्तुलीत विकास नीतिलाई अपनाएको प्रसङ्ग उल्लेख गर्दै २७ किमी बाटो कालोपत्र भएको, १२९ किमी ग्राभेल बाटो बनेको र १० मोटरेबल पुल निर्माण हुनु खुशीको कुरा हो भन्नुभयो ।
जनता आवास कार्यक्रमअन्तर्गत १७१ घर निर्माण भएको र विकासमा २५ प्रतिशत खर्च हुनु सकारात्मक हो भन्दै मुख्यमन्त्री राईले विकास र सुशासनमा जनताको भरोसा बढाउने धारणा राख्नुभयो । उहाँले स्वस्थ एवं वस्तुनिष्ठ आलोचनालाई प्रदेश सरकारले स्वागत गर्ने भन्दै विकास र समृद्धिको यात्रामा सबैले सहयोग गर्नुपर्ने अपिल गर्नुभयो । मुख्यसचिव दिनेश भट्टराईले प्रदेश सरकारले दुई वर्षको अवधिमा रचनात्मक काम गरेको र यसबाट प्रदेश सरकारप्रति जनताको विश्वास बढेको छ भन्नुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


