सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताउनुभएको छ ।
रासससँगको कुराकानीमा उहाँले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको परीक्षण र उपचार निःशुल्क भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘स्वेच्छाले नमूना सङ्कलन गराई जाँच गर्न चाहने कसैले शुल्क दिन चाहेमा लिन सकिन्छ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कोरोना परीक्षणको शुल्क दिन सक्नेबाट लिने र दिन नसक्नेको हकमा निःशुल्क गर्ने भनी पत्राचार भएको जनाइएको छ । मन्त्रालयको पत्राचारसँगै अस्पताल तथा प्रयोगशालामा कोरोनाको उपचार तथा परीक्षण गराउनेबाट शुल्क लिने÷नलिने भन्ने विषयमा केही अलमल पनि देखिन थालेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले भने कोरोना उपचार र परीक्षणसम्बन्धी सङ्घीय सरकारको पछिल्लो निर्णय तत्काल कार्यान्वयनमा नआएको जनाएको छ । “सङ्घीय सरकारले मातहतका स्वास्थ्य निकायका हकमा यस्तो निर्णय गरेको हुनसक्छ”, मन्त्री सुवेदीले भन्नुभयो, ‘‘प्रदेशमा कोरोनाको जाँचलगायत सबै कार्य प्रदेशकै नियमानुसार भइरहेको छ ।” प्रदेशको दार्चुला र बाजुराबाहेक सबै जिल्लामा कोरोनाका शङ्कास्पद व्यक्तिको पिसिआर विधिबाट परीक्षण भइरहेको छ ।
प्रदेशमा कोरोनाका जटिल अवस्थाका बिरामी बढ्दै जान थालेका छन् । जटिल सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार विकासको काम पनि अगाडि बढाएको छ । प्रदेशका विभिन्न अस्पतालमा थप २० वटा भेन्टिलेटर थप्ने काम भइरहेको छ ।
सुदूरपश्चिममा हालसम्म एक लाख एक हजार २०६ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । सङ्क्रमितको सङ्ख्या आठ हजार ९७३ पुगेको छ । बुधबार साँझसम्म प्रदेशमा एक हजार ५०१ सक्रिय सङ्क्रमित छन् ।
कोभिड–१९ बाट हालसम्म प्रदेशमा २१ जनाको मृत्यु भएको छ । चाडपर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्दै जाँदा कोरोनाको जोखिम थप बढेको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


