सुदूरपश्चिम प्रदेश मन्त्रालय लक्षित तीन ठाउँमा बम : सेनाको टोलीद्वारा निस्क्रिय
सुदूरपश्चिम प्रदेशको सरकारी तथा स्थानीय निकायका कार्यालय लक्षित गरी तीन स्थानमा राखिएका बम निस्क्रिय पारिएको छ । अज्ञात समूहले राखेका प्रेसकुकर बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको हो ।
समाचार अनुसार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक मुख्य बाटोमा र एलएनचोक नजिकै रहेको गल्लीमा राखिएका बम सेनाको टोलीले निस्क्रिय पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले दिएको जानकारी अनुसार प्रेसर कुकर बाहिरबाट टेपले बाँधिएको, तार बाहिर निकालेको अवस्थामा बम भेटिएको थियो ।
त्यस्तै लम्किचुहा नगरपालिका कार्यालय नजिकै बाटोमा शङ्कास्पद वस्तु भेटिएको र नेपाली सेनाको टोलीसँग समन्वय भई सेनाको टोली निस्क्रिय गर्न त्यसतर्फ गइरहेको बताइएको छ ।
नगरपालिकाको गाडीमा आगजनी
धनगढी– कैलालीको घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्दै आएको स्कारपियो गाडीमा अज्ञात समूहद्वारा सोमबार राति आगजनी गरिएको छ ।
नगरपालिकाको कर्मचारी आवासगृहको परिसरभित्र पार्किङ गरी राखिएको से१झ २४१ नंको गाडीमा अज्ञात समूहद्वारा आगजनी गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । गाडीको पछाडिपट्टिको भाग मात्र जलेको छ । साथै सँगै रहेको नगरप्रमुख ममताप्रसाद चौधरी चढ्ने गाडीमा कुनै क्षति नभएको प्रहरीले बताएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


