सुहागरातमा पत्नीले चलचित्रकी नायिकाले जस्तो नगरेपछि जे भयो
चलचित्र नहेर्ने र चलचित्रका नायक नायिका नायिकालाई आदर्श मान्नेको संख्या करोडौं छन् र चलचित्रका दृश्यहरुलाई आफ्नो जीवनसंग तुलना गर्नेको संख्या पनि कम छैन । कतिपयले चलचित्रका दृश्य जस्तै आफ्नो जीवनको कल्पना गर्दछन् र त्यसो नभएमा उनीहरु निराशामा जान्छन् ।
हालै मात्र भारतमा यस्तै घटनाक सार्वजनिक भएको छ । दैनिक भास्करले अगस्ट २९, २०१९ मा सन २०१७ को घटनालाई हालै उजागर गरेको छ । यो घटना यतिबेला सार्वजनिक भए जब एक युवकले आफ्नी नवविवाहित दुलहीलाई चलचित्रकी नायिकाले विवाहको पहिलो रात देखाएको जस्तो व्यवहार देखाइनन् तर उनलाई आफ्नी श्रीमतीप्रति घृणा उत्पन्न भयो ।

नवविवाहित युवक (नाम परिवर्तन अर्जुन)ले फिल्महरू हेरेपछि हनिमून कस्तो हुन्छ भन्ने धारणा बनाएका थिए । तर वास्तवमा यो उसको वास्तविक जीवनमा हुन सकेन् । उनले आशा गरेका थिए कि उनकी श्रीमती लजालु हुनेछिन् । उनी (श्रीमती नाम परिवर्तन रिया) को घुम्टो पनि थिएन, यसकारण ऊ डिप्रेसनमा आयो । यति सम्म की सम्बन्ध तोड्नसम्म कुरा पुग्यो ।
घटना यस्तो थियो, भोपाल निवासी एक युवकको विवाह पनि जब सुहागरातको समय आयो, अर्जुन उनी खुशीसँग आफ्नो कोठामा आइपुगे । उनले बलिउड फिल्महरू हेरेर र गीतहरू सुनेर धेरै कुराहरु मनमा सिर्जना गरेको थिए । उनी आफ्नी श्रीमतीले घुम्टो लगाएको ओछ्यानमा बसिरहेको कुरा सोचिरहेको थिए, जुन अक्सर चलचित्रहरुमा देखाइएको हुन्छ । उनले आफ्नी श्रीमती लज्जित हुनेदेखि लिएर एक गिलास दूध पिलाउनेसम्मको सोचेर आएका थिए तर यस्तो केही भएन ।
जब उनी कोठाभित्र गए, उनकी पत्नी घुम्टोमा थिइनन् । श्रीमतीलाई फरक रुपमा देखेपछि उनको मन भाँचियो किनभने उनकी नवविवाहित श्रीमती लजाइरहनुको साटो सजिलै कुरा गर्न थालिन् । यो कुरा युवकलाई यति नराम्रो लाग्यो कि उसले त्यो रात सुहागरात मनाएन बरु एउटा ओड्ने तानेर सुत्यो । त्यसबेलादेखि उनको मनमा श्रीमतीका लागि घृणा उत्पन्न हुन थाल्यो ।
दुई वर्षसम्म उनले विवाहित सम्बन्धलाई जसोतसो निभाउन सके । तर हनीमूनको दिनको घटना उनको दिमागमा यति धेरै भरियो कि उनले सम्बन्धविच्छेद गर्ने निर्णय गरे । यसका लागि पारिवारिक अदालतमा निवेदन पनि दिइएको थियो । उनले अदालतमा भने आफ्नी श्रीमतीको चरित्र राम्रो छैन । अन्य पुरुषहरुसंग उसको सम्बन्ध छ ।
अदालतमा मुद्दा पुगेपछि रियाले भनिन, हामीले २०१७ मा विवाह गरेका थियौं । उसले विवाहपछि मात्र मेरो घुम्टो हटायो । त्यसपछि उनी (अर्जुन) टाढा बस्न थाले । मैले उसको दिमाग जान्ने धेरै प्रयास गरें । तर उ मसँग कुरा गर्न तयार थिएन् । मैले सोचे कि यो उसको शारीरिक समस्या हो । तर यदि त्यसो हो भने, उसले मसँग कुरा गर्नुपर्छ ।
जब परामर्शदाताले अर्जुनलाई यही प्रश्न गरे, उनले भने कि उनी शारीरिक रुपमा फिट छन् । उनलाई त्यस्तो कुनै समस्या छैन । उनी आफ्नी श्रीमतीको मनोवृत्तिलाई लिएर समस्यामा परेका थिए । अर्जुनका अनुसार रिया पहिलो रातमा लज्जित भइनन् । उनलाई अप्ठ्यारो जस्तो लागेको थिएन । सहजै खुलैर सबै कुराहरु गर्थिन् ।
अर्जुनले उनलाई छोए तर पनि रिया हिचकिचाइनन् । यी सबै व्यवहारले रियाको चरित्र खराब छ भनेर प्रमाणित गर्ने अर्जुनको सोच रहेको थियो । त्यसैले उनी रियाभन्दा टाढा बस्न थाले । जब अदालतले यी कुरा थाहा पायो तब उनीहरुलाई सम्झाएर फिर्ता पठाएको छ । तर अर्जुनको मनमा चलत्रिको सुहागरातको कल्पना हटेको छ कि छैन पत्तो छैन ?
यो सामग्रीले के प्रमाणित गर्दछ भने मानिसले वास्तविकताभन्दा बाहिरी प्रभावमाा परेर नक्कली कुरामा बढी चासो र चाहना दिन थाल्यो भने यसले जीवन वर्वाद हन्छ ।
हिन्दी चलचित्रहरुमा विवाह र सुहागरातको एउटा अलौकिक दृश्य देखाइन्छ । जसले नवदम्पत्तिको भावी जीवनको सुखद कल्पना गराएर कलात्मक रुपमा निर्देशकको कल्पनालाई पस्किइएको हुन्छ । हेर्दा यो वास्तविक लाग्छ तर आम मानिसमा त्यस्तो कति सम्भव हुन्छ भन्ने प्रश्नको उत्तर भोपालको त्यो घटनाले उजागर गरेको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


