सेक्सपियरको आँगन”बाट बेलायत चियाउँदा
“सेक्सपियरको आँगन”, यात्रा–निवन्धसङ्ग्रह हो । यसको शीर्षकबाट नै यो यात्रा इङ्ल्यान्डको हो भन्ने अनुमान गर्न सकिन्छ । किनभने सेक्सपियर विश्वका एक महान साहित्यकार हुन् जसको जन्म इङ्ल्यान्डस्थित हेनले स्ट्रिट स्टार्टफोर्ड अपन एभन वरविकसायरमा भएको थियो । उनकै घर आँगनको तस्वीर पुस्तकको आवरण पृष्ठमा सजाइएको छ ।
साहित्यकार विनोद साधकका यसअघि अनुभूति (कथा सङ्ग्रह), अल्झिएको मन (गीत, कविता सङ्ग्रह) र मुक्तियात्रा (यात्रा–निवन्ध सङ्ग्रह) जस्ता पुस्तकहरु प्रकाशन भइसकेका छन् । यो पुस्तक उहाँको चौथो साहित्य कृति हो । वि.सं. २०१२ मा जन्मनु भएका साधक पूर्णकालीन समय बिताएर नोकरीबाट अवकाश हुनु भएको छ भने विगत २२ वर्षदेखि नमूना मच्छिन्द्र क्याम्पस, लगनखेल, ललितपुरमा अध्यापन गर्दै आउनु भएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनाचार्य (एमपिए) सम्मको शिक्षा हासिल गर्नु भएको छ ।
सृजनशील स्वभाव हुनु भएका साधकमा नोकरी, समाजसेवा, अध्यात्म चिन्तन, नेपाली साहित्य तथा अध्यापनतर्फ अनुभव छ । आकर्षक आवरणपृष्ठ तथा पुस्तकभित्र रहेका भ्रमणका रङ्गीन तस्वीरहरुले पुस्तकलाई सुन्दर बनाइदिएको छ । पुस्तकलाई चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा संयुक्त अधिराज्य (युके) को परिचय, साधक दम्पतीको पहिलो र दोस्रो लन्डन यात्रासँग सम्बन्धित लेखहरु छन् ।

दोस्रो भागमा भ्रमण गरिएको पैंतीस वटा ऐतिहासिक तथा धार्मिक स्थलहरुको बारेमा राम्रो जानकारी पाइन्छ । बकिङघम प्यालेस जहाँ हालका महारानी एलिजाबेथ द्वितीया रहनु हुन्छ । विन्डसर कासल (किला), यो इङ्ल्यान्डको वर्कसायर काउन्टीको विन्डसर नाम भएको स्थानस्थित एक शाही किला (दरबार) हो । यी लगायत इङ्ल्यान्डका सुप्रसिद्ध स्थानहरु, पार्क, विद्यालय, हिन्दु मठमन्दिर, बजार, सडक, नेपाली चाडपर्वको विदेशमा महत्वका बारेमा साधकले मिहिन तरिकाले वर्णन गर्नु भएको छ ।
यस सङ्ग्रहमा साधकले सेक्सपियरको सम्झनामा उनकै आँगनमा वाचन गर्नु भएको कविता पनि समावेश गर्नु भएको छ । पुस्तकभित्र पारिवारिक र इष्टमित्र, नातेदारका गतिविधिलाई ठाउँठाउँमा समेटेर यात्रा स्मरणलाई भिन्न शैलीमा प्रस्तुत गर्न खोजेको देखिन्छ । समग्रमा “सेक्सपियरको आँगन” नामक यात्रा–निवन्धसङ्ग्रह पुस्तक निकै सूचनामूलक, पठनीय र सङ्ग्रहणीय छ । पुस्तकको मूल्य रु ३००।– राखिए पनि पुस्तकको गुणस्तर, तस्वीरहरुले मूल्यलाई न्याय गरेको पाइन्छ ।
कृतिः सेक्सपियरको आँगन
विधा यात्रा–निवन्ध सङ्ग्रह
लेखक: विनोद साधक
मूल्य: रु. ३००।–
जम्मा पृष्ठ: १२४
प्रकाशक: विराटसिंह खडका
मुद्रण: राजमति प्रेस, ललितपुर
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


