‘सेप अफ वाटर’ ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्म

5 March, 2018 17:00 | कला/मनोरन्जन , हलिउड | comments | 207150 Views

चलचित्र क्षेत्रको सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डमा फिल्म ‘द सेप अफ वाटर’ यस बर्ष सर्वोत्कृष्ट घोषित भएको छ । सोही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।

लस एन्जेलसमा सम्पन्न ९० औं ओस्कार अवार्डमा सार्वधिक १३ विधाका लागि सेप अफ वाटर मनोनयनमा परेको थियो । फिल्मले जम्मा चार अवार्ड जितेको छ । ‘डार्केस्ट आवर’ बाट गेरी ओल्डम्यानले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । यसैगरी फ्रान्सेस म्याकडोरम्यान्डले ‘थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरी’ सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् । सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रमा स्पेनिस भाषाको ‘द फेन्टास्टिक वुमेन’ ले बाजी मारेको छ ।

  

अन्य विजेताहरु यस प्रकार छन्ः
सर्वोत्कृष्ट सहायक अभिनेताः साम रकवेल (थ्री बिलबोड्स आउटसाइड एबिङ मिसउरी)
सर्वोत्कृष्ट सहायक अभिनेत्रीः ऐलीसन जेनी (आई तोन्या)
सर्वोत्कृष्ट सम्पादनः डनकर्क (ली स्मिथ)
सर्वोत्कृष्ट डकुमेन्ट्री (फीचर): डनकर्क (ली स्मिथ)
सर्वोत्कृष्ट ध्वनी सम्पादनः डनकर्क (रिचर्ड किङ र एलेक्स गिबसन)
सर्वोत्कृष्ट साउन्ड मिक्सिङः डनकर्क
मौलिक पटकथाः गेट आउट, जोर्डन पीले
प्रोडक्सन डिजाइनः द सेप अफ वाटर
विदेशी भाषाको चलचित्रः अ फेन्टास्टिक वुमेन
एनिमेटेड फिचर फिल्मः कोको
भिजुअल इफेक्ट्सः ब्लेड रनर २०४९
बेस्ट डकुमेन्ट्री शर्टः हेवन इज द ट्राफिक जेम अन द ४०५ फ्रैर स्टेफेल)
एडेप्टेड स्क्रीनप्लेः कल मि बाई योर नेम (जेम्स इवोरी)

सेतो सूर्य’लेओस्कार अवार्डमा ‘विदेशी भाषी विधाको प्रतिस्पर्धा गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More