सेयर बजारमा खुड्किलो: सूचकसँगै कारोबार बढ्यो
वर्षको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेर १ हजार २ सय ९७ दशमलव ५७ को बिन्दुमा आइपुगेको छ । यस दिन परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ ।
सोमबार १ सय ६७ कम्पनीको ५७ करोड ६८ लाख ६१ हजार ८ सय ६३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जबकि आइतबार ३० करोड ३१ लाख २८ हजार २ सय ७७ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

सोमबार कारोबारमा आएको अन्य समूहबाहेक अरु समूहमा हरियाली छाएको छ । यो समूहमा १ दशमलव २१ अंकको गिरावट आएको छ ।
यता, बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो समूहमा २ सय ९३ दशमलव २४ अंकको वृद्धि भएको छ । त्यस्तै, माइक्रोफाइनान्स समूह अन्तर्गतका लगानीकर्ताले ७२ दशमलव ११ अंकको वृद्धि भएको छ भने होटल समूहमा ५२ दशमलव १६ अंकको वृद्धि भएको छ ।
सोमबार प्रभु इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको २ करोड ८१ लाख ५९ हजार ५ सय ८ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सको २ करोड ३३ लाख ९८ हजार ४ सय १ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
सोमबार प्रुडेन्टियल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशत अर्थात् ७० रुपैयाँले बढेको छ । त्यस्तै, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता १ सय २ रुपैयाँ कमाएका छन् ।
यता, पछिल्लो दिन ओरालो लागेको नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरका लगानीकर्ताले सोमबार पनि सर्वाधिक गुमाए । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८७ रुपैयाँ अर्थात् ९ दशमलव ९५ अंकले गिरावट आएको छ । त्यस्तै, राधी विद्युत् कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ७ रुपैयाँ गुमाएका छन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


