सेयर बजार सेयर बजार

  • सेयर बजार
  • सेयर बजार
  • सेयर बजार
  • सेयर बजार
  • सेयर बजार

सेयर बजार: नेप्से परिसूचक दोहोरो अंकले घट्यो

7 February, 2018 21:01 | बैँक र वित्त | comments | 272700 Views

सेयर बजार

बुधबार नेप्से परिसूचक १२ दशमलब शून्य १ अंकले घटेर १ हजार ३ सय ८२ दशमलब शून्य २ अंकको बिन्दुमा रोकिएको छ । बुधबार नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकममा भने सुधार आएको छ । यस दिन १ सय ५२ कम्पनीका २६ करोड ५५ लाख ६६ हजार ७ सय ३३ रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । जबकि मंगलबार २४ करोड २० लाख ९६ हजार १ सय ४६ पैयाँ बराबरको सेयर किनबेच भएका थिए ।

बुधबारै मात्र प्रिमियम मूल्यमा सेयर निष्कासनको प्रस्ताव गरेको नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ ।  बैंकको ५ करोड १८ लाख ८ हजार ६३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

  

बैंक सञ्चालक समितिले प्रिमियम मूल्यमा १ करोड ७६ लाख ८४ हजार ५ सय ५८ कित्ता एफपिओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सिभिल बैंकको बुधबार १ करोड १ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका ८ समूहमा गिरावट आएको छ भने दुई समूह बढेका छन् । बुधबार फाइनान्स समूह ४ दशमलब ३३ अंकले बढेको छ । त्यस्तै, ट्रेडिङ समूह ३ दशमलब २ अंकले बढेको छ ।

यस दिन बिमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । बुधबार बिमा समूह ८५ दशमलब शून्य ५ अंकले घटेको छ भने होटल समूह १८ दशमलब १३ अंकले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह १६ दशमलब २९ अंकले घटेको छ ।

यो दिनको कारोबारमा सर्वाधिक गुमाउनेमा कालिका माइक्रोक्रेडिटका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँ अर्थात् ४ दशमलब १८ प्रतिशतले घटेको छ । त्यस्तै, समिट माइक्रोफाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ४२ रुपैयाँ गुमाएका छन् ।

बुधबार सर्वाधिक कमाउनेमा गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सका लगानीकर्ताहरु छन् । बैंकको सेयर मूल्य प्रतिकित्ता ६ दशमलब १६ प्रतिशतले बढेको छ । त्यस्तै, सूर्योदय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ७६ रुपैयाँले घटेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सेयर बजार

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More