सोमबार लगानीकर्ताको २० अर्ब गुम्यो
सोमबार पनि नेप्से परिसूचक घटेको छ । आइतबार ४२ अंकले ओरालो लागेको सेयर बजारले सोमबार पनि घट्ने क्रमलाई निरनतरता दिएको हो ।
सोमबार नेप्से परिसूचक १६.६९ अंकले घटेर १ हजार २८७ .७४ विन्दुमा आइपुगेको छ । कारोबार सुरु भएको केही समय सुरधारिने कोशिस गरेपनि गिरावट हुँदा सुरुवातको बिन्दुभन्दा तल पुगेर रोकियो । सुधारिने क्रमले निरन्तरता पाउन नसकेको बजार करिब तीन घण्टा स्थिर जस्तो देखिएको थियो ।

परिसूचक घट्दा अघिल्लो दिनभन्दा ९ करोड रुपैयाँ कमको सेयर खरिदविक्री भएका छन् । सोमबार बजारमा ३९ करोड ५१ लाख १७ हजार ४३५ रुपैयाँको कारोबार हुनेक्रममा १५३ कम्पनीका ९ लाख ७७ हजार ४७ कित्ता सेयर किनबेच भए । यसअघि लगातार ४ दिन आधा अर्बको कारोबार हुने गरेको थियो । अघिल्लो दिन बजारमा ४८ करोड ३९ लाख रुपियाँको कारोबार हुँदा १३ लाख ११ हजार ९४८ कित्ता सेयर खरिदविक्री भएका थिए ।
सोमबार सेयर बजारमा लगानीकर्ताले करिब २० अर्ब रुपैयाँ गुमाएका छन् । नेप्सेका अनुसार अघिल्लो दिन १५ खर्ब २७ अर्ब १ करोड रुपैयाँ रहेको बजार पुँजीकरण सोमबार कारोबार बन्द हुने समयमा पुग्दा घटेर १५ खर्ब ७ अर्ब ४७ करोड रुपैयाँमा पुगेको हो ।
नेप्से घट्दा यसदिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२४ अंकले घटेर २७३ दशमलव ५६ को बिन्दुमा पुगेको छ ।
यसदिन कारोबारमा आएका १० मध्ये ८ समूहका समुहगत परिसूचक घट्दा बजार ओरालो लागेको हो । घट्नेमा बीमा मूहको समूहगत परिसूचक र्वाधिक ११९.२१ अंकले ओरालो लाग्यो । घट्नेमा विकास बैंक समूह ११.४, लघुवित्त ४३.७६, बैंकिङ समूह ९.८७, जलविद्युत समूह ४५.४, उत्पादनमूलक समूह ४६.४७, वित्त समूह ६.०९ र अन्य समूह १०.१९ अंकले घटेका छन् । यसदिन व्यापार तथा होटल समूहको परिसूचक भने उकालो लागेका छन् । व्यापार समूह ६.८५ तथा होटल समूह २.४८ अंकले बढेका हुन् ।
सोमबार अघिल्लो दिन झैं नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक २ करोड ३६ लाख रुपैयाँको कारोबार हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको पनि करिब २ करोड रुपैयाँको कारोबार भयो ।
यसदिन सुर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकताले सर्वाधिक ९.९६ प्रतिशत कमाउँदा हिमालयन डिस्टिलरीका सेयरधनीको सम्पत्ति सर्वाधिक ९.४७ प्रतिशतले घट्यो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


