स्टेजमै पाइन्ट च्यातियो गागाको

17 January, 2013 13:09 | कला/मनोरन्जन , हलिउड | comments | 94200 Views

उत्तर अमेरिकी मोन्सटर्स टुरअन्तर्गत हालै क्यानाडाको भान्कोभरमा कन्सर्ट दिने क्रममा विश्वचर्चित गायिका लेडी गागाले आफ्ना फ्यानलाई संगीतमा झुलाउँदै गर्दा गागाको लेदरको पाइन्ट ध्यार्ररै च्यातिएको छ ।
सोम्यानसिप देखाउने कोसिसमा जीउ झुकाउँदा पाइन्टको पछाडिको भाग च्यातिएपछि २६ बर्षीया गायिका तनावमा रहेको बताइएको छ । सुरुमा पाइन्ट च्यातिएको पत्तो नपाएकी गागालाई दर्शकले गिज्याउन थालेपनि उनी भने स्टेजमा ल्याइएको मोटरसाइकलमा चढेर गितसँगै दर्शकलाई आफ्नो प्रस्तुती दिइरहेकी थिइन ।

 

इटालियन खानाकी पारखी रहेकी गागाले प्रस्तुतीको क्रममा भित्री वस्त्रसमेत नलगाएको भेटिएको छ । उनी जनबरी १ देखि मार्च २० सम्मको सांगितिक भ्रमणको लागि क्यानडामा रहेकी छिन । फरक शैलीको पहिरन रुचाउने गागा यसअघि बन्दुकहरुसहितको ब्रा लगाई कन्सर्ट दिँदा आलोचित भएकी थिइन्।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More