स्वतन्त्रतापूर्वक रमाउन चाहन्छु : सेलेना

23 January, 2013 20:08 | कला/मनोरन्जन , हलिउड | comments | 70800 Views

क्यानडियन पप स्टार जस्टिन बिबरबाट आफूलाई अलग पारेकी अमेरिकी गायिका तथा नायिका सेलेना गोमेजले सिंगल रहेर रमाउन चाहेको बताएकी छिन् । सेलेनाले यसअघि जस्टिनको साथमा लामो समय बिताएकी थिइन् । उनी भर्खरै सम्पन्न गोल्डेन ग्लोब अवार्डमा समेत एक्लै देखा परेकी थिइन् ।

 

उक्त कार्यक्रममा उनले औपचारिक रुपमै कुरा गर्दै भनिछन्– ‘म अब स्वतन्त्रतापूर्वक रमाउन चाहन्छु ।’ उनले जस्टिनसँगका बिग्रिएको सम्बन्धप्रति व्यंग्य गर्दै भनेकी छिन्– ‘म कुनै पनि केटासँग नाटक गर्न चाहन्नँ ।’

  

 

स्रोतलाई उद्धृत गर्दै एजेन्सीले उल्लेख गरेको छ– ‘सेलेना अब एक्लो रुपमा स्वतन्त्रतापूर्वक हरेक काम गर्न चाहन्छिन् । उनी कसैको वास्ता नगर्ने पक्षमा छिन्, आफ्नै पनि ।’ चर्चा गरिएअनुसार उनी यति बेला आफ्ना केटी साथीहरुसँग घुमघाम गर्न रुचाइरहेकी छिन् । कुनै पनि पुरुषसँग सम्बन्ध नगाँस्ने पक्षमा छिन् ।

 

स्रोतले भनेको छ– ‘यसअघि जस्टिनसँगको सम्बन्धमा उनको निकै ठूलो उत्तारचढाव आएको थियो । जस्टिनलाई उनले हृदय खोलेर माया गरेकी थिइन् । त्यसमा सेलेनाले कुनै पनि बहानाबाजी गरेकी थिइनन् ।’ सेलेना र जस्टिनले आफूहरु एकसाथ रहन नसक्ने निर्णयसहित केही समयअघि अलग भएको औपचारिक रुपमै घोषणा गरेका थिए ।

 

फेरि त्यसलगत्तै सँगै रहने गरी नजिकिएका उनीहरु पुनः साथै रहन नसक्ने बताउँदै अलग भएपछि सेलेनाले हालै यस्तो अभिव्यक्ति दिएकी हुन्। तर, जस्टिन भने हालसम्म यसबारे चुपचाप छिन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More