जनकपुरबासीलार्इ भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागिन् जनकपुरबासीलार्इ भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागिन्

  • जनकपुरबासीलार्इ भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागिन्
  • जनकपुरबासीलार्इ भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागिन्
  • जनकपुरबासीलार्इ भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागिन्
  • जनकपुरबासीलार्इ भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागिन्
  • जनकपुरबासीलार्इ भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागिन्

स्वराजको मृत्यु भएकोमा बलिउडका कलाकारद्वारा दुःख व्यक्त

8 August, 2019 12:20 | कला/मनोरन्जन , वलिउड | comments | 102150 Views

जनकपुरबासीलार्इ भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागिन्

भारतका पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेत्री सुष्मा स्वराजको मृत्यु भएकोमा बलिउडका कलाकारले दुःख व्यक्त गरेका छन् । स्वराजको ६७ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो ।

स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उहाँलाई मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजको निधनप्रति बलिउडका कैयौं कलाकारले दुःख व्यक्त गरेका समाचारमा जनाइएको छ । उहाँको निधनप्रति बलिउड कलाकार परिनिति चोपडा, सवाना आजमी, जाभेद अख्तर, लता मङगेसकर, सोनी देवल, अनुुपम खेरलागायतले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेका छन् ।

  

प्रख्यात बलिउड अभिनेता अनुपम खेर ट्विटमार्फत स्वराजसँगका आफ्ना सम्झना सार्वजनिक गर्नुको साथै स्वराजको आकस्मिक निधनबाट आफू निकै दुखी भएको बताउनुभएको छ । उहाँले विभिन्न अवसरमा उहाँसँग कुराकानी गरेको स्मरण पनि गर्नुभएको छ ।

मङ्गलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहनुभएका स्वराजले मंगलबार दिउँसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको थियो ।

प्रधानमन्त्रीलाई धन्यवाद दिँदै आफ्नो जीवनमा यो दिन हेर्न आफूले पर्खिराखेकी पनि स्वराजले बताउनु भएको सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नुभएको बताएइको छ ।

स्वराज सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेशमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा लोकसभाको संसदमा उम्मेदवारी दिनु भएको थिएन ।

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जनकपुरबासीलार्इ भारतीय भनेपछि सुष्मा स्वराजले माफी मागिन्

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More