हलिउडका प्रसिद्ध निर्माता अस्कर बोर्डद्वारा निलम्बित

15 October, 2017 17:06 | कला/मनोरन्जन , हलिउड | comments | 150600 Views

अस्करको संस्थाले हलिउडका प्रसिद्ध निर्माता हार्वे वेन्सटिनलाई यौन दुव्र्यवहारको आरोपमा निलम्बन गर्न मतदान गरेको छ ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्सेजले बोर्डले उनलाई निलम्बन गर्न आवश्यक दुइ तिहाइ बहुमत भन्दा बढि मतदान भएकाृ जनाएको छ । यस संस्थाका सदस्यहरु हलिउडका बहुचर्चित टम ह्यांकस् र हुपी गोल्डबर्ग समेत रहेका छन् । वेन्सटिनका चलचित्रहरुले ३०० बढि अस्करका लागि नोमिनेट भएका र ८१ पटक जितेका छन् ।

  

चर्चित अभिनेत्री एन्जेलिना जोली , ग्वेनेथ पाल्ट्रो र रोज म्याकगोअन लगायत दुइ दर्जन बढि महिलाहरुले होटेलमा उनीहरुको बलात्कार गरेको आरोप लगाएपछि बोर्डको आपतकालिन बैठक बसेको थियो । अमेरिका र संयुक्त राज्य बेलायतका प्रहरीले यस घटनाको छानबिन गरिरहेका छन् ।

६५ वर्षिय वेन्सटिनले आफ्ना केही व्यवहारप्रति क्षमा मागेका छन् तर सहमतिमा यौन सम्पर्क भएको भन्दै यौन दुव्र्यवहार र वलात्कारको आरोपको खण्डन गरेका छन् । यस घटनासंगै उनकी श्रीमती जर्जिना च्यापम्यानले उनीसंग सम्पर्क विच्छेद गर्ने घोषणा गरेकी छिन् ।

विवादाष्पद हलिउड डाइरेक्टर हार्वेले ऐश्वर्यालाई पनि एकान्तमा बोलाउने गरेको खुलासा !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More