हलिउड निर्देशक जेम्स टोबेकमाथि ३८ महिलालाई यौन शोषणको आरोप

24 October, 2017 18:21 | कला/मनोरन्जन , हलिउड | comments | 157350 Views

 

हलिउड फिल्म निर्माता हार्वे वेस्टाइनको चर्चा सेलाउन नपाउँदै हलिउड निर्देशक जेम्स टोबेकमाथि यौन शोषणको आरोप लागेको छ । उनलाई ३८ जना महिलामाथि यौन शोषण गरेको आरोप लागेको हो ।

  

लस एन्जलस टाइम्सका अनुसार ७२ बर्षिय निर्देशक टोबेकले यौन शोषण गरेका महिलाहरु उनले काम गर्न राखेका महिलाहरु भएको बताईएको छ ।सडकबाट काम दिने निहुँ गरी ल्याएका महिलाहरु पनि यौन शोषणको शिकार भएको बताइएको छ ।

प्राप्त जानकारी अनुसार टोबेकले चर्चित व्यत्तिहरुसँग यौन सम्बन्ध रहेको कहानी सुनाउँदै , महिलालाई अपमानजनक साथै व्यत्तिगत प्रश्न सोध्नुका साथै अनुचित यौन व्यवहार गर्ने गरेको बताइएको छ ।लस एन्जलस टाइम्सले ३८ महिलाको अन्तरवार्ता लिएको थियो र उनीहरुमध्ये कसैले पनि प्रहरीसँग सम्पर्क नगरेको सो खबरमा उल्लेख छ ।

तर टोबेकले भने उक्त आरोपको खण्डन गर्दै यौन शोषण गरेको आरोप लगाएका महिलाहरुमध्ये आफूले कहिल्यै कसैसंग नभेटेको दाबी गरेका छन् । साथै उनले आफु मधुमेह तथा हृदय रोगको औषधी सेवन गरी रहेकाले यस्ता व्यवहार आफूबाट सम्भव नरहेका बताएका छन्  ।

यौन शोषणको आरोपमा थप्पड(भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More