हेलेन हन्टले देह व्यापार गर्ने

10 January, 2013 13:02 | कला/मनोरन्जन , हलिउड | comments | 119850 Views

हलिउड अभिनेत्री हेलेन हन्ट आफ्नो नयाँ फिल्ममा देह व्यापार गर्ने एक महिलाको भूमिकामा देखिन लागेकी छन् । यस फिल्ममा उनले एक प्यारालाइसिस भएका व्यक्तिको जीवनलाइनै परिवर्तन गर्ने खालको भूमिकामा अभिनय गर्दैछिन् ।

 

यी अभिनेत्रीले बताए अनुसार फिल्मको सेटमा नग्न अवस्थामा हुनु निकै ‘तनावपूर्ण’ थियो । डेली मेलको एक रिपोर्ट अनुसार हेलेन हन्ट यस प्रकारका निर्वस्त्र दृश्यहरूको शूटिङ सजिलो नहुने बताउँछिन् । ४९ बर्षीय यी अभिनेत्रीले आफ्नो संकोचलाइ समेत वेवास्ता गरेर यी दृष्यहरू दिएकी छन् ।

  

 

हन्टले भनिन कि यस फिल्ममा उनका धेरैजसो दृश्यहरू निर्वस्त्र नै रहेका छन् । यसै कारण उनले यस फिल्ममा अभिनय गर्दाको क्षणलाइ निकै अनौठो लागेको बताएकी छन् । तर पनि उनले मानिसहरूले आफ्नो शरीरका बारेमा सोच्लान भन्ने लागेको र यस सुन्दर कथामा आफुले अभिनय गर्न पाएकोमा भने निकै सन्तुष्टि प्राप्त भएको समेत उनले बताइन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More