३ लाख ९३ हजार डलर नदिएको आरोपमा गागालाई मुद्धा

5 February, 2013 20:07 | कला/मनोरन्जन , हलिउड | comments | 72600 Views

सधै चर्चामा रहिरहन रुचाउने हलिउड ‌गायिका लेडी गागा यस पटक भने फरक कारणले चर्चामा आएकी छिन । उनीमाथी उनका पूर्व सहयोगीले तलबको रकम ३ लाख ९३ हजार डलर नदिएको आरोपमा मुद्धा हालेका छन् ।

 

गागाकी पूर्व सहयोगी जेनिफर ओ नील ले आफुले गागाका लागी ७,००० घण्टा अतिरिक्त समय काम गरेको, तर उनलाइ यसको पारिश्रमिक नदिएको दावी गरेकी छन् । पुरै समयको तलब करिब ४ लाख डलर हुन आउने उनले बताएकी छन् । गागाले भने यो रकम भुक्तानी दिन मानेकी छैनन् ।

  

 

गागाले एक भिडियो टेपका माध्यमले आफ्नो बिज्ञप्तीमा जेनिफरका बारेमा भनेकी छन कि उनी मेरो साथमा बस्ने बेलामा महंगो फाइभस्टार होटलमा बस्थिन, पार्टीहरू गर्थिन, मेरो कपडाहरू प्रयोग गर्दथिन, मेरो अनुमति बिना मंहगा जूत्ताहरू मगाउँदथिन्, भनेकी छन् ।

 

उनका यी सबै आवश्यताहरूलाइ लाग्ने खर्च सबै आफुले बेहोरेको उनले बताएकी छन् । कामका बेल उनी दिउसो सधैं सुतिरहन्थिन, जसका कारण सबै काम आफुले गर्नुपरेको कुरा समेत उनले बताएकी छन् । ‘न्यूयार्क पोस्ट’ समाचार पत्रले गागाको यस बिज्ञप्तीलाइ प्रकाशित गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More