४० सेकेण्डमा जापानी खेलाडीलाई नक आउट गर्दै जिते ड्रागनले (फोटो/भिडियाे)

30 September, 2016 22:13 | खेल , जापान | comments | 4662000 Views
 जापानमा एक दशकयता किक वक्सिगं खेलमा संलग्न चर्चित नेपाली खेलाडी मोहन महर्जन ‘ड्रागन’ ले टोकियोमा अर्को महत्वपूर्ण खेल जीतेका छन ।
शुक्रवार सम्पन्न क्रुस किक वक्सिगं प्रतियोगिताको रोमाञ्चक प्रतिस्प्रधामा प्रतिद्धन्दी जापानी खेलाडी साईतो ताकिहिकोलाई ४० सेकेण्डमा नकआउट गर्दै रोमान्चक जीत हात पारेका हुन । ६७ किलो तौल समुहमा होक्काईदोका जापानी खेलाडी साईतोलाई सहज हराउदै जीत हात पारे ।
रिगंमा प्रवेश गर्ने वित्तिकै मोहनल् प्रतिद्धन्दीलाई दवावमा राख्दै लगातार प्रहार वढाएका थिए । केहिवेरको प्रहार सहन नसकी प्रतिद्धन्दी ढले पछि मोहन रिगंमै रमाउदै उफ्रिएका थिए। आफ्नो जीतको पछाडी जापानवासी नेपालीको हौसला प्रमुख रहेको प्रतिक्रिया दिदै मोहनले प्रतियोगितामा पाएको सफलताले फेरि विश्वका चर्चित खेलाडीहरू समेतको सहभागिता हुने रिगंमा भाग लिने ढोका खुलेको जानकारी दिए।
यस अघिका केही महत्वपूर्ण खेलमा लगातार पराजय भोगेका मोहनले जित पछि खेल जिवनमा नयाँ अध्याय सुरू भएको बताए। विपक्षीलाई नकआउट गरेपछि रमाएका मोहनले विजयी घोषणा भए लगत्तै रिगंमै नाचेका थिए।
करिव साढे ६ वजेबाट शुरू भएको मोहनको खेल सिमित नेपाली संचारकर्मी तथा नेपाली दर्शकले मात्र प्रत्यक्ष हेर्न पाएका थिए । खेलसुरू भए लगत्तै जीत सुनिश्चित गरेका मोहनलाई थप समय खल्नै परेन। निर्धारित समय अगावै खेलहरू अगाडी वढेका कारण सुईदोवासी स्थित टोकियो दोम हल पुगेका धरै नेपालीले मोहनलाई वधाई मात्र दिन पाए।
खेलमा ‘कि मैले कि उसले नकआउट गर्ने भनेर बनाएको’ रणनीतिमा सफलता मिलेको भन्दै मोहनले यो जीत सम्पूर्ण जापानवासी हामी नेपालीहरूको भएको प्रतिक्रिया दिए।
 img_8355 img_8356 img_8368 img_8370 img_8374 img_8376 img_8378 img_8379

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More