९५ करोड सम्म पारिश्रमिक लिएकी क्यामरुनले किन छाडिन् फिल्म इन्डस्ट्री ?

30 August, 2017 15:52 | कला/मनोरन्जन , हलिउड | comments | 120150 Views

हलिउड अभिनेत्री क्यामरुन डिएज ४५ बर्ष पुगिन् । एक फिल्मको

लागि उच्च पारिश्रमिक लिने अभिनेत्रीमध्ये क्यामरुन पनि एक हुन् ।

  

१९९४ मा २१ बर्षको उमेरमा फिल्म ‘द मास्क’ बाट डेब्यू गरेकी उनी हाल फिल्म इन्डस्ट्रीबाट टाढा छिन् ।१६ बर्षको उमेरबाट नै मोडलिङ गरेकी क्यामरुन पछिल्लो पटक सन् २०१४ मा फिल्ममा देखिएकी थिइन् ।मोडलिङ गर्दै गरेकी उनी फिल्म ‘द मास्क’ बाट रातारात चर्चाको चुलीमा पुगिन् । सो फिल्म १९९४ को सबैभन्दा धेरै कमाई गर्ने फिल्म बन्न पुग्यो । ‘द मास्क’ले २२४० करोडको व्यापार गरेको थियो ।

एक फिल्म गरेवापत् ९५ करोड सम्म पारिश्रमिक लिएकी क्यामरुनले फिल्ममा निकै व्यस्त हुनु परेकोले आफ्नो व्यक्तिगत जिन्दगी नै धरापमा परेको  ठानेर फिल्म नगर्ने निर्णय गरिन् ।

केही चर्चित व्यक्तिहरुसँग केही समय डेट गरेकी क्यामरुनले अन्तत: २०१५ मा बेन्जी मेडनसँग विवाह गरिन् । ‘फीलिंग मिनेसोटा’, ‘कीज टू तुलसा’ , ‘एनी गिवन ‘, ‘चार्ली एंजेल्स’,’द इनविजिबल सर्कस’, ‘द हलिडे’,द बक्स’ ,’द अदर वुमन’,  ‘एनी’ लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् ।

सलमानको शोको लागि हिनाले छाडिन् सिरियल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More