युरोकपको उपाधि स्पेनलाई

2 July, 2012 03:17 | खेल | comments | 109800 Views

ईटालीलाई निरीह बनाउँदै स्पेनले युरोकप फुटबल प्रतियोगिताको आफ्नो  साविक उवाधि रक्षा गरेको छ ।

  

युक्रेनको किभमा गएराती भएको फाईनल खेलमा स्पेनले ईटालीलाई ४-० ले निराश पार्‍यो ।

 

 

खेलमा स्पेनलाई विजयी गराउन डेभिड सिल्भा, योर्डी अल्बा, फर्नान्डो टोरेस र हुँवा माटाले एक एक गोल गरे । खेलको सुरुदेखी नैं दबाबमा परेको ईटालीले शक्तिशाली स्पेनविरुद्ध खेलमा फर्कने मौका नै पाएन ।

 

यो सँगै स्पेनले लगातार दोस्रो पटक युरोकप फुटबलको उपाधि जित्ने कीर्तिमान बनाएको छ भने विश्वकपसहित लगातार तीनवटा मूख्य उपाधि जित्ने पहिलो राष्ट्र पनि बन्यो । स्पेनको यो उपाधि उसको लागि युरोकपको तेस्रो उपाधि हो । योसँगै स्पेनले सर्वाधिक युरोकप जित्ने राष्ट्रहरुको सुचीमा जर्मनीसँग बराबरी गरेको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More