धुम्रपान निषेध ऐन लागू गर्न प्रहरी सक्रिय

2 July, 2012 04:53 | समाज | comments | 365250 Views

अघिल्लो वर्ष नै जारी भएको धुम्रपान सम्बन्धी ऐनको कार्यान्वयन गर्न यतिबेला प्रहरी सक्रिय भएको छ । सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने सूचना जारी भए पनि त्यसको कहीं कतै पालना नभएपछि प्रहरीले त्यसरी निस्फक्री धुम्रपान गर्नेहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।

 

  

कानुन ल्याएर राज्य आठ महिना चुप बस्दा जनस्तरमा त्यस सम्बन्धी जानकारी नै राम्रोसँग प्रवाह भएको थिएन, सार्वजनिक स्थानमा धूमपान गर्ने क्रम पनि रोकिएन ।

 

२०६८ वैशाख २६ गते राजपत्रमा प्रकाशित ऐनले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि कठोर व्यवस्थाहरू गरेको छ । दफा ३ का १२ बुँदामा उल्लेखित विभिन्न स्थानका १०० मिटर वरपर धूमपान गर्न नहुने प्रावधानअनुसार सहरी क्षेत्रमा मुस्किलले त्यस्तो ठाउँ भेटिन्छ जहाँ धूमपान गैरकानुनी हुँदैन ।

 

सरकारले चुरोटका उत्पादकका हकमा भने अझै ऐन कार्यान्वयन गर्न खोजेको छैन । दफा ९ मा उत्पादकले सुर्तीजन्य पदार्थको बट्टा, र्‍यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ लेबुलको बाहिरी कुल भागमध्ये कम्तीमा पचहत्तर प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने जस्ता व्यहोरा मन्त्रालयले तोकेबमोजिम चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रंगीन चित्र प्रस्ट रूपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नुपर्ने हुन्छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More