किसानद्वारा सरकारका विरुद्ध आन्दोलन गर्ने घोषणा

2 July, 2012 10:50 | समाज | comments | 102300 Views

खेती लगाउने मुख्य सिजनमा समेत रासायनिक मलको हाहाकार हुँदासमेत सरकार उदासिन बनेको भन्दै संयुक्त किसान आन्दोलन समितिले सरकारका विरुद्ध संघर्ष गर्ने घोषणा गरेको छ ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी नव गठीत संघर्ष समितिले सहज रुपमा मल आपूर्ति हुनुपर्ने, कृषिजन्य बस्तुमा अनुदानको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।

  

 

संघर्षका कार्यक्रम अनुसार असार २२ गते काठमाण्डौमा कृषि सामग्री कम्पनी कार्यालय र जिल्लामा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइने छ । यस्तै असार १५ गते काठमाण्डौ लगायत देशका सबै जिल्ला सदमुकाममा जुलुस र सभाको आयोजना गर्ने पनि समितिले जनाएको छन् ।

 

पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतमले कालोसूचि परेको भारतीय पोटास लिमिडेटसंग नै मलको कारोबार गर्ने सम्झौता गरेर प्रधानमन्त्री बाबुराम भट्टराईले लजास्पद काम गरेको आरोप लगाउनु भयो । भट्टराई सरकारले देशलाई घेराबन्दीमा पारेको भन्दै उहाँले वर्तमान सरकारलाई पापीहरुको झुण्डको संज्ञा दिनुभयो ।

 

संयुक्त किसान संघर्ष समितिमा अखिल नेपाल किसान महासंघ, नेपाल किसान संघ, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी, नेपाल किसान फेडेरेसन, सामुदायिक बन उपभोक्ता महासंघ लगायत संघसंस्था आवद्ध रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More