साईली—कथा

“हैन मैले त्यसो भन्न खोजेको पनि हैन।” अधबैशें ,यस्तै भयो होला ५० वर्षजतिको ,आँखा ख्वाप्लक्कै भित्र पसेर गालाको हड्डी मात्रै उछिट्टिएको ,कालो कालो वर्णको ठूलेले एकै श्वासमा भन्न भ्याउँछ। मानौ यति नभने साईली तुरुन्तै उठेर गैहाल्छे ।
“साँच्चै ठूले मलाई तिमीले गलत सोच्यौ भने तिमीलाई पाप लाग्छ । १० वर्ष सम्म तिम्रो बाटो हेरें ।तिम्रो प्रतिक्षामा के दिन के रात मैले अत्तो पत्तो पाईन । साक्षी छन् यि खोला अनि पाखाहरु मेरा आँखाहरु बेगनास ताल बन्दाको ।दुई नानीहरुलाई मैले के खुवाँएं कसरी हुर्काएं त्यो त मलाई मात्र थाहा छ ।”साईली सललल बग्छिन् अतितको महासागरमा । अनन्त गर्तमा बिस्तारै डुब्दै जान्छिन् । ठूले भने रसिला आँखाहरुले साईलीलाई निलिरहन्छ।
ठूले र साईलीको भेट दुई दशक पछि पासाङको घेवामा लो टोलमा भएको हुन्छ । ठूलेको फूपाजु र साईलीको छिमेकी थियो पासाङ ।
ठूले र साईलीको विवाह सानैमा भएको थियो जति बेला ठूले १७ र साइली १४ वर्षकी थिइन् । साईली खुबै मेहनती थिइन् ।आफ्नो गरिखाने खेतबारी धेरै नभए पनि साहुको बारीमा आफ्नो पखुरी बजाउंदै आएका थिए दुबै जोईपोईले । २ वर्ष पछि साईलीले म्हेन्दो र त्यसको २ वर्ष पछि कार्साङलाई जन्माईन् । कार्साङको जन्मसंगै अभावको खाल्डा गहिरिदैं जान थाल्यो । केहि वर्ष त यता उता आँचो पैँचो ।अर्म पर्म गरेर भरथेग गरे । खाने मुख बढेर गए पछि समस्याहरुगुजुल्टो पर्न थाल्यो ।गरिबीले पराकाष्ट नाघ्यो ।
मकवानपूरको पदमपोखरीमा थियो तिनिहरुको बसाँई । त्याहाँका अधिकाशं मानिसहरु दाउरा बेचेर आफ्नो जिविकोपार्जन गर्थे । ठूले र साइली पनि त्यसबाट अछुत थिएनन् । तर जति मेहनत गर्दा पनि उनिहरुको जेवन्स्तर माथि उठन् नसके पछि एकदिन ठूलेले साईलीलाई ” हैन साईली अब सधैं यसरी दाउरा बेचेर मात्रै त हुन्न । यो भएको थोरै घरबारी बन्धक राखेर एउटा रिक्सा किनेर चलाउँ क्यारे हेटौडां बजारतिर । ” भन्यो ।
“नाँई हुन्न ।कस्तो कुरा गर्नुभा? भाकै यहि एउटा घर र करेसा । यो पनि बन्धक राखेपछि पछि छोराको लागि चाँहि के राख्ने?” भनिन् ।साईलीले मानिन । “तिमी पिरै नगर न ।म रातदिन मेहनत् गर्छु अनि ऋण चुक्ता गर्छु । रिक्सा फाईदामा रहन्छ । हामीले चाहे जसरी छोरा छोरीलाई पढाउन लेखाउन सक्छौं । ” भर्खरै २४ टेक्दै गरेको युवा जोशले ठूलेले भन्यो । उनिहरु बिच निकै वादविवाद चल्यो ।अन्तमा ठूलेकै बिजय भयो ।भोलीपल्टै ठूलेले साहुकोमा ३,००० मा घरबारी राखेर रिक्सा झिक्यो ।
ठूलेले भने जस्तै खुबै मेहनत गर्यो ।पसिनाको धारा खलखली बगाएर पैसा कमाउन थाल्छ । यसै क्रममा ठूलेको रिक्सा चलाउने साथीहरुसंग हेलमेल बढेर गयो । सधैं बेलुका घर पुग्ने ठूले बिस्तारै बिस्तारै अबेर राती मात्रै घर पुग्न थाल्यो ।साथीहरुको लै लै मा लागेर कमाएको पैसा भट्टीमा गएर सकाउन थाल्यो । साईलीले पटक् पटक् सम्झाउथी । तर ठूले पैसाले उन्मात्त हुन थालेको थियो ।
“हैन यसरी कमाएको पैसा जति सबै सकाएपछि साहुको ऋण चाँहि कसरी तिर्ने? ” साईलीको प्रतिउत्तरमा ” आ हुन्दे अर्को महिनाको पुरै कमाई ल्याएर तिरिदिउँला ।” भन्थ्यो ठूले । तर उसको लागि अर्को महिना कहिल्यै आएन । महिना बित्यो ,वर्ष बित्यो। साहुको ऋणमा ब्याजमाथि स्याज बढ्दै गयो । उता रक्सी पिएर रिक्स चलाउँदा एकदिन ठूले दुर्घट्नामा पर्यो । रिक्सा पुर्णरुपमा क्षति भयो । ठूले अब रिङ्गियो ।गरिखाने भाँडो नै नभएपछि ठूले नराम्रोसंग भङ्गालोमा फस्यो । गरेर खाउँ खेतबारी थिएन भएको पनि साहुकोमा बन्धक थियो । बल्ल चेत आयो ठूलेमा । केहि महिना यता उति गरेरै बितायो ठूलेले ।
अधिकांस युवाहरु त्यतिखेर ईण्डियामा लाहुर बन्न भनौं काम् गर्न जान्थें ।ठूलेले पनि उतै भासिने निधो गर्यो र एकदिन साईलीसंग ” साईली सँच्चै तिमीले भनेको नमान्दा आज हाम्रो यो हविगत भयो ।अब म सुध्रें ।अब ईण्डिया जान्छु काम गर्छु ।केहि पैसा जोहो गर्छु अनि साहुको ऋण तितेर हाम्रो घरबारी निखनौला ।” अत्यासिएर साईलीले ” नाँई हुन्न । यहि गरौलां जे गरे पनि ।तपाँई लाहुर जाने कुरा नगर्नुस् ।” भनि । त्यसो भनेको पर्सिपल्टै २२ ,२३ को साईलीको यो अनुरोधलाई लत्याएर ठूले जबरजस्ती ईण्डिया भासिन्छ ।
गएको केहि महिना त पैसा पनि पठाउँथ्यो ।चिट्टी पनि बराबर पठाउँथ्यो । ” साईली म यहाँ चौकीदारी गर्दैछु ।अब म यहि दशैंमा बिदा मिलाएर आउँछु तिमीलाई भेट्न ।” यस्तै लेख्थ्यो प्राय ठूले चिट्ठीमा । तर ठूलेको दशैं कहिले आएन ।बिस्तारै बिस्तारै पत्र आउने क्रममा कमी आउन थाल्यो । ४ , ५ वर्षपछि पत्र आउनै पुर्ण रुपमा बन्द भयो ।ठूले कहाँ छ? के गर्दैछ? कस्तो हालतमा छ? केहि अत्तो पत्तो रहेन ।साईली हरेक महिना हुलाकी आउने बाटोमा आशालाग्दो आँखाहरु बिस्फारित पार्थिन् । तर हरेकपटक् निराशाको शिकार हुन्थिन् । यतिन्जेलमा नानीहरु पनि ८,९ वर्षका भैसकेका थिए ।
साईली तिनीहरुको पेट भर्न र पढाउन रातोदिन मेलापात भर्थिन् ।ठूले बेपत्ता भयो ।जस्लाई सोधे पनि “खै रक्सी पिएर सधैं धुत्त हुन्थ्यो कामबाट छुटेपछि । अहिले त कता छ?हाम्लाई पनि थाहा भएन ।” यस्तै उत्तर आउँथ्यो । साईली अविरल बग्ने इन्द्रावती झै हुन्थिन् । तै पनि ठूले फर्किन्छ भन्ने झिनो आशामा एक दशक कटाईन् त्यस घरमा । नानीहरु १४ ,१५ वर्षका भैइसकेका थिए भने साईली ३२वर्षकी । दिनहरु बित्दै थिए ।
एकदिन साईलीको मामाको छोरा शम्भु ईन्डिया बाट फर्कियो । जो भर्खरै ईण्डियन आर्मीबाट पेन्शन् पकाएर फर्किएको थियो । उसको श्रीमती गाउँकै दलालीको छलमा परि बम्बैइको काल कोठरीमा पुगेको थियो ।घरमा १० वर्षको छोरा थियो ।त्यसदिन उसै शम्भुसंग साईलीको भेट भएको थियो । आफ्नो रामकहानी सुनाउंदै शम्भुले “साईली तिम्रो पनि विच्चली नै रहेछ ।मेरो पनि घर लथालिङ छ।मान्छौ भने म संग हिडँ ।हामी दुई मिलेर एउटा घर सजाऔं ।” भन्यो ।
पहिले त साईलीले मानिन् । तर पछि निकै कर गरे पछि त्यस बारे सोचिन् ।”साँच्चै नानीहरुलाई पढाउन धौ धौ परेकै हो । ठूलेको अत्तोपत्तो छैन। यतिका वर्ष त कुरेकै हो । शम्भु पनि त एक्लै छ।कमसेकम नानीहरुको भविष्य त सुरक्षित हुन्छ।” यस्तै यस्तै सोचेर साईलीले शम्भुसंग दोस्रो विवाह गरिन् ।हाँसी खुसी शम्भु र साईलीले जीवन बिताउँदै आएको थियो । शम्भु साईलीलाइ खुबै माया गर्थ्यो । कहिले काँहि दुबै आ आफ्नो भाग्य सम्झेर खुबै रुन्थें । सबैले साईलीलाई लाहुरिनी भाउजु भनेर बोलाउन थालेका थिए । गलामा सानो तिलहरी ,कानमा मारबाडी अनि नाकमा झम्के फुलीले साईली खुबै राम्री देखिन्थिन् ।अधबैंशे भएपनि दुबैमा मायपिरती गढेको थियो ।साँच्चै भन्नु पर्दा साईलीले नव जीवन प्राप्त गरेकी थिइन् भने नानीहरु पनि कलेज जाने भैइसकेका थिए। जीवन सहज संग कञ्चन खोला झै कुनै बाधा अवरोध बिना सलल बग्दैथियो ।
अचानक २० वर्ष पछि ठूले गाउँ फर्कियो ।सुकेर एक धार्नीको मात्रै बाँकी थियो ज्यान ठूलेको । कालो रङ्ग , खोपिल्टा गाला लिएर उ गाउँभरि नै साईलीको खोजी गर्न थाल्छ। थाहा पाउँछ साईलीले १० वर्ष अघि नै शम्भुसंग विवाह गरिन् भनेर। उसले कुनै प्रतिकृया जनाएन बिरोधमा। सायद आफ्नो गल्ती महशुस गर्यो। आफ्नो गैरजिम्मेवारपनको आभास गर्यो । र त चुपचाप रहर्यो ।
शम्भु र ठूलेको घर एउटै गाउँमा भएकोले उसले साईलीलाई देखेकै थियो तर कहिल्यै बोलाउने आँट गरेन ।यस्तैमा आज ठूले र साईलीको भेट फूपाजुको घेवामा भएको छ। निकै साहस गरेर ठूलेले साईलीसंग क्षमा याचना र गुनासोका शब्दहरु पोख्दैछ ग्लानीभावमा छताछुल्ल हुने गरि ।वास्तवमै ठूले पश्चतापको भेलमा बेगसंग बग्दै छ ।साईली एकतमासकी देखिन्छिन् ।प्रतिकृयाहिन उनको पहेंलो अनुहार पारी क्षितिजको डुब्न लागेको घामसंगै कहिले रक्ताम्य हुन्छ कहिले पहेंलपुर । सायद उ अहिले शम्भुलाई सम्झिदैंछिन् जस्ले जीवन डुङ्गा डुब्न लाग्दा नैया पार लगाउने माझीको भूमिका खेलेको थियो र यो पनि अठोट् गर्दैछिन् ओठ् कसेर कि शम्भु नै अब उसको जीवन साथी हो र उसकै साथ आजीवन उसले बिताउनु छ साथ जिउनु छ। साँच्चै उसका हातका मुठ्ठीहरु कसिन्छन् ।ठूले निकै बेर फत्फताईरहन्छ।केहि बेरपछि टाउको उठाएर साईलीलाई हेर्छ। साईलीलाई त्यो ठाडो उकालोमा आफ्नो टाउकोको सल मिलाउँदै बढिरहेको पाउँछ।ठूले एकतमासले साईली गएको उकालो हेरिरहन्छ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


