आफ्नैले खोसेपछि सारा खुसीहरु — ‘गीत’

3 July, 2012 01:07 | साहित्य | comments | 107700 Views

 

आफ्नैले खोसेपछि सारा खुसीहरु
केलाई चाह्यो भन साथी बैरी यहाँ अरु

  

तल परे घृणा गर्छन् माथि परे खुट्टा तान्छन्

मौका मात्र मिल्नुपर्छ शब्द वाणले सधैं हान्छन्
जीवन लिला मेटाईदिने बैरी जाती हुन्छ बरु
तड्पाउने आफ्नै हुन्छन् केलाई चाह्यो यहाँ अरु

आफन्त नै धार बन्दा खप्नु पर्‍यो चोट मैले

बाध्य भैइ खोल्नु पर्‍यो सबै सामु ओंठ मैले
हरेक पल चोट दिदाँ पर्‍यो बाँचुं मरुँ

जिउँदै घाटमा लान परे चाहिन्न यहाँ अरु

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More