दार्चुलाको ग्वानीमा बस दुर्घटना ८ जनाको मृत्यु

3 July, 2012 04:58 | समाज | comments | 93450 Views

धनगढीको महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको  ना ४ ख ६६०८ नम्बरको बस दार्चुलाको ग्वानी गाउँ विकास समिति ग्वानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

 

  

मृतक मध्ये दार्चुलाका लक्ष्मी जोशी र धवलसिंह धामीको मात्र सनाखत भएको छ । दुर्घटनामा परी २३ जना घाइते भएका छन् । घाइतेको गोकुलेश्वर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बस सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । अहिले गोकुलेश्वरबाट गएको प्रहरीको टोली र स्थानीयवासीको सक्रियतामा उद्दार भइरहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More