नयाँ माओवादीको गठनसंगै त्रासको जन्म

3 July, 2012 07:49 | समाज | comments | 97350 Views

 

एकीकृत नेकपा माओवादीको वैद्य पक्षले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै सो दलले चन्दा अभियान तीब्र बनाएको समाचार छ ।

  

 

 

प्राप्त समाचार अनुसार नव गठित मोहन वैद्य नेतृत्वको माओवादीका भातृ संगठन लगायतका दलले उपत्यकामा नै उद्योगी, व्यापारीसंग चन्दा माग्न थालेका छन।

 

व्यापारीक मल र कम्प्लेक्समा चन्दा सहयोग माग गर्दै पत्र पठाईएको छ। व्यक्तिगत रुपमा पठाइएको यस्तो पत्रले उद्योगी, व्यापारीमा त्रास बढाएको छ।

 

चन्दा आतंक सुरु भएको पुष्टि गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेश बस्नेतले नयाँ दलका भातृ संगठनले उद्योगी, व्यापारीसंग चन्दा माग्दै पत्र पठाएको बताउनुभएको छ ।

 

नव गठित माओवादीले केही दिनअघि दल गठनका लागि आयोजना गरेको भेलाका लागि चन्दा मागे पनि अहिले आर्थिक सहायता नमागेको बताएको छ। यस सम्बन्धमा नेकपा-माओवादीका प्रवक्ता पम्फा भुसालले अहिले चन्दा माग्ने नीति नरहेको तर भातृ संगठनले मागेको जानकारी नभएको बताउनुभयो ।

 

सामान्यभन्दा समान्य कार्यक्रममा समेत चन्दा दिंदै आएको निजी क्षेत्रले जर्वजस्ती आर्थिक सहायता नदिन उद्योगी, व्यापारीलाई आग्रह गरेको छ। जर्वजस्ती गरेमा प्रतिवाद गर्न वस्नेतले अनुरोध गर्नुभएको छ ।

 

उद्योगी, व्यापारीले स्वेच्छिक रुपमा अधिकांश दलका हरेक कार्यक्रममा आर्थिक सहायता दिंदै आएका छन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यका अनुसार दल लगायतले सहयोग माग्ने क्रम सामान्य भैसकेको छ। जसले जुनसुकै बेला पनि सहयोग माग्छ, दिन्न भन्न कठिन  पहिले जस्तो थर्काएर सहयोग माग्ने काम भने भएको छैन।

 

अहिले माओवादी र मधेशवादी दल फुटेपछि उद्योगी, व्यापारीमा फेरि जर्वजस्ती चन्दा दिनुपर्ने त्रास फैलिएको हो । माओवादीको वाईसिएलले सहायता मागेमा पनि डराएर उद्योगी, व्यापारीले आर्थिक सहायता गर्दै आएका छन्। सत्ताधारी एमाओवादीले विगतमा जसरी डर देखाएर चन्दा उठाउने क्रम कम गरे पनि बन्द नै भैसकेको छैन।

 

राजनीतिक दल, राजनीतिज्ञ बोह करको विवाद मिलाउन सरकारी कर्मचारी र गुण्डागर्दीमा संलग्न टोलटोलका डन, प्रहरीका लागि समेत उद्योग, व्यापारीले अलग खर्च छुट्याउनुपर्छ। यस्ता खर्चले व्यवसायको लागत उच्च बनाएको छ। यस्ता खर्च धान्न नाफाले नपुगेपछि उद्योगी, व्यापारीले राज्यलाई बुझाउने कर छल्ने गरेका छन्। यस्ता कार्यले उद्योग, व्यापार गर्ने र रोजगारी सिर्जना गर्ने वातावरण धमिल्याएको छ ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More