६ महिनामा तीन करोड राजस्व

3 July, 2012 09:08 | समाज | comments | 105900 Views

गत मंसिर १७ गतेदेखि सुरु गरिएको मादक पदार्थ सेवन (मापसे) विरुद्धको अभियानबाट राजधानीमा रात्रिको समयमा हुने सडक दुर्घटनामा उल्लेखनीय कमी आउनुका साथै राजश्व समेत गतिलै उठेको छ ।

 

  

मापसे अभियानबाट मंसिर १७ देखि जेठ मसान्तसम्म करिब तीन करोड राजस्व असुली भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अभियान सुरु गरेपछि ३३ हजार ४०९ जनाबाट दुई करोड ८५ लाख १६ हजार राजस्व असुली गरेको हो ।

 

महाशाखाका अनुसार मापसेविरुद्धको अभियानबाट मङ्सिर र पुस महिनामा रु १९ लाख १८ हजार, माघमा रु २८ लाख आठ हजार, फागुनमा रु ५९ लाख ९१ हजार, चैतमा रु ६५ लाख ६४ हजार, वैशाखमा रु ५४ लाख १४ हजार, जेठमा रु ५८ लाख २१ हजार र असारमा रु ५८ लाख २१ हजार राजस्व असुली भएको हो।

 

मापसेविरुद्धको अभियान अन्तर्गत ट्राफिक प्रहरीले मङ्सिरमा ५६५ जना, पुसमा एक हजार ६०१ जना, माघमा तीन हजार ७१७ जना, फागुनमा सात हजार २८१ जना, चैतमा सात हजार ७० जना, वैशाखमा छ हजार ७२० जना र जेठमा छ हजार ४५५ जनालाई कारबाही गरिएको जनाइएको छ।

 

महाशाखाले मापसेविरुद्धको अभियान सुरु गरिएपछि दुर्घटनामा कमी आउनाका साथै राजस्व सङ्कलनमा थप वृद्धि भएको बताइएको छ। मापसे गरेर जुनसुकै सवारी चलाएको पाइएमा ट्राफिक प्रहरीले प्रति सवारी चालकलाई रु एक हजार जरिवाना गर्ने गरेको छ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More