बाजुरामा खाद्य संकट

3 July, 2012 09:48 | समाज | comments | 103050 Views

कृषि मन्त्रालयले केही महिना पहिले मुलुकमा चाहिनेभन्दा बढी खाद्यान्न उत्पादन भएको तथ्यांक सार्वजनिक गरे पनि सुदूरपश्चिमाञ्चलको बाजुरा जिल्लामा खाद्यान्न अभावको संकेत देखिएको छ ।

 

  

प्राप्त समाचार अनुसार सदरमुकाम मार्तडीस्थित जिल्ला खाद्य सुरक्षा समिति र संस्थाको कोल्टी डीपोमा चामल नहुँदा स्थानीयवासी रित्तो हात फर्कन बाध्य भएका छन् । सो जिल्लामा माग गरेकोभन्दा आधा कम चामल पुगेपछि अहिले नै खाद्यान्न संकट भएको समितिले जनाएको छ ।

 

सरकारबाट स्वीकृत कोटा घटाएर चार हजार दुई सय क्वीन्टल चामल मात्र जिल्लामा पुगेको थियो । सो चामलमध्ये अहिले गोदाममा चार सय क्वीन्टल मात्र बाँकी छ ।

 

जिल्लामा उत्पादन हुने खाद्यान्नबाली असिनाले नष्ट गरेको समस्याका साथै वर्षायाम सुरु भएपछि सो क्षेत्रको सडक यातायात बन्द भएकाले पनि चामलको अभाव झनै चर्केको बताइएको छ ।

 

मुलुकमा अहिले पनि लगभग सबै जनतालाई पुग्ने खाद्यान्न उत्पादन हुन्छ तर त्यसको वितरण प्रणाली व्यवस्थित नहुँदा खाद्य संकट भोग्ने जिल्लाहरुको संख्या बढिरहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More