चेपाङ विद्यार्थीहरुमात्र अध्ययन गर्ने विद्यालयलाई आर्थिक सहयोग

3 July, 2012 10:19 | समाज | comments | 87300 Views

रबि भट्ट चितवन –   चेपाङ विद्यार्थीहरुमात्र अध्ययन गर्ने पुर्वी चितवनको खैरहनी १ स्थित अन्तोद्धय जनजाती आवासीय विद्यालयलाई विदेशमा रहेका  युवाहरुले आर्थिक सहयोग गरेका छन् ।

अमेरिका र अष्ट्रेलियामा रहेका त्यस क्षेत्रका युवाहरु र उनीहरुले साथीहरुसंग संकलन गरेको ९१ हजार रुपैया सोमवार एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । तेक्वान्दो खेलाडि गणेश थापाले अमेरीकाबाट रु ५१ हजार, अष्ट्रेलियामा रहेका शम्भु कडेंलले ४० हजार र अमेरिकामा रहेका केही युवाहरुले संकलन गरेको ३८ हजार ४ सय रुपैयामा सहयोगकर्ता टेकवहादुर थापाले अन्तोद्धय आवासिय विद्यालय अक्षयकोष संयोजक धनश्याम प्रधानलाई हस्तान्तरण गरेका हुन् ।सरकारीस्तरबाट सहयोग नपाएपनि विदेशमा रहेका नेपाली ,विदेशी संस्था,रुम टिरिड र स्थानियको सहयोगमा विद्यालय संचालन हुदै आएको छ । सहयोगदाता टेक वहादुर थापाको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी खैरहनी गाविसका सचिव गुरुप्रसाद पौडेल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलवहादुर वोगटी,पर्सा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शेरमान तामाङ, अक्षयकोष संयोजक प्रधान लगायतले चेपाङ विद्यार्थी अध्ययन गर्ने सो विद्यालयलाई सहयोग गर्न आग्रह गरेका थिए । १ देखि ८ कक्षासम्म पठनपाठन हुदै आएको सो  १ सय ९१ चेपाङ विद्यार्थी अध्ययनरत छन् ।

  

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More