नागरिक उड्डयन प्राधिकरणलाई अख्तियारको पत्र

4 July, 2012 11:39 | समाज | comments | 90900 Views

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन भारतीय कम्पनीलाई दिने तयारी समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरलाई तीन दिनभित्र स्पष्टिकरण दिन पत्र काटेको छ ।

 

  

अख्तियार प्रवक्ता ईश्वरी पौडेलका अनुसार विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनको जिम्मेवारी विदेशी कम्नीलाई दिनेबारे अहिलेसम्म भएका प्रगति र प्रक्रियाबारे स्पष्टिकरण मागिएको हो ।

 

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी गरेको समाचार सार्वजनिक भएपछि यसले ठूलै खैलाबैला मच्चाएको थियो ।

 

नागरिक उड्डयन प्राधिकरणले एसियाली विकास बैंकको ऋण र आफ्नै स्रोतबाट स्तरोन्नतिको काम सुरु गर्ने तयारी गरिरहँदा सरकारले नवगठित लगानी बोर्डमार्फत भारतीय कम्पनीलाई जिम्मा दिने प्रक्रिया अघि बढाएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More