शिवराम र तारा उत्कृष्ट खेलाडी घोषित

5 July, 2012 04:20 | खेल | comments | 88950 Views

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोटर्स अवार्डमा गल्फका शिवराम श्रेष्ठ बर्ष खेलाडी घोषित भएका छन् ।

श्रेष्ठले यो विद्याको मनोनयनमा परेका अन्य चार खेलाडीलाई उछिन्दै उपाधि चुमेका हन् । बर्ष २०६८ मा शिवरामले खेलेको ११ मध्ये ७ खेलमा जित हात पारेका थिए ।

  

 

यसैगरी, महिलातर्फ  भारत्तोलनकी तारा पुन बर्ष खेलाडी भइकी छिन् । २३ बर्षिय पुनले बर्ष २०६८ मा दुई ठूला प्रतियोगितामा राष्ट्रिय कीर्तिमान सहित दुई स्वर्ण पदक जितेकी थिईन् । मञ्चको आयोजनामा सम्पन्न पल्सर स्पोर्ट्स अवार्डको दशौं संस्करणमा यस पटक कुल ८ विद्यामा खलाडीहरुलाई पुरस्कृत गरिएको थियो ।

 

आठ विद्या मध्ये लोकप्रिय बर्ष खेलाडीको अवार्ड भलिबलकी रमिला तण्डुकारले प्राप्त गरिन् । एस.एम.एस. भोटिङको आधारमा घोषण हुने यो विद्याकी विजेता तण्डुकारले ४४ हजार २ सय ४५ भोट प्राप्त गरेकी थिईन् ।

 

अवार्डकै अन्य विद्याहरुमा क्रिकेटका पृथु बास्कोटा बर्ष खेलाडी–युवा, क्रिकेटकै जगत टमाटा बर्ष उत्कृष्ठ प्रशिक्षक र शर्मिला लामिछाने बर्ष पारा एथ्लिट घोषित भएका छन् । यसैगरी, रतन टण्डनलाई बर्ष स्पेशल अवार्डबाट सम्मानित गरिँदा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट भुपेन्द्र सिल्वाललाई सम्मान गरिएको छ । सिल्वाल नेपालका प्रथम ओलम्पियन हुन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More