विम्बेल्डन फाइनलमा फेडेरर र मुरे भिड्ने

7 July, 2012 13:30 | खेल | comments | 176550 Views

बेलायतको बहु प्रतिस्ठित टेनिस प्रतियोगिता विम्बेल्डनको फाइनल मुकावला बिश्व नम्बर तीन रोजर फेडेरर र बिश्व नम्बर चार एन्डी मुरे बिच हुने भएको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा ६ पटकका विम्बेल्डन बिजेता फेडेररले बिश्व नम्बर एक नोभाक जोकोभिचलाई ६-३, ३-६, ६-४ र ६-३ को सेटमा पराजित गरेका हुन । ओ फेडेररको विम्बेल्डनको ईतिहासमा सबै भन्दा धेरै आठौ फाइनल हो । शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा बेलायतका विश्व नम्बर चार खेलाडी एन्डी मुरेले फ्रान्सका विश्व नम्बर पाँच खेलाडी जो विलफ्रेड सोङ्गालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन । मुरेले २ घण्टा ४७ मिनेट लगाएर सोङ्गालाई ६-३ ६-४ ३-६ ७-५ को सेटमा पराजित गरेका हुन । मुरे र फेडेरर बिचको फाइनल खेल आईतवार हुने छ । महिला तर्फ भने अमेरिका कि सेरेना विलियम्स र पोल्यान्ड कि येग्निएस्ज्का रड्वन्स्का फाइनलमा पुगेका छन । महिलाको फाइनल खेल शनिवार हुने छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More