नयाँ नेपालमा बम गोली पड्कियो फेरी

7 July, 2012 16:31 | साहित्य | comments | 103200 Views

नयाँ नेपालमा बम गोली पड्कियो फेरी/

 

  

शान्ति खल्बलाई द्वन्द्व हिँसा भड्कियो फेरी//

 

गली निरङ्कुश ढल्छ भन्थे सामन्त संगै

 

लास जन्ताकै देख्दा मुटु धड्कियो फेरी//

 

देशको संरचना ध्वस्त पारे भौतिक क्षति,

 

मूल बिकासको फुट्छ भन्दा अड्कियो फेरी//

 

कोही जन्मिएन उनी पछी नि:स्वार्थि यहाँ,

 

हेर शहिद हो! तिम्रै अभाव खड्कियो फेरी//

 

 

रोइन् मातृभूमी आज,मागौ गुहार कहाँ?,

 

देश भुमरीमा पर्दा छाती चड्कियो फेरी//

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More