जिन्दगी —कबिता

8 July, 2012 04:13 | साहित्य | comments | 394200 Views

पानी सरी जिन्दगी यो 

 

  

पानी जस्तै बग्न खोज्छ

 

कर्कलको पानी जस्तै

 

ढल्मलिएर चल्न खोज्छ

 

साउनको भेल जस्तै

 

उर्लिएर बग्छ यो त

 

हिमालको मुहार जस्तै

 

कहिले हाँस्छ,रुन्छ पो त

 

सिमलको भुवा जस्तै ,

 

कहिले उड्छ कहिले झर्छ

 

आकाशको बादल जस्तै

 

गडमडिएर झर्न खोज्छ

 

रोधी घरको मादल जस्तै

 

आफ्नै धुनमा बज्न खोज्छ

 

संगीतको सूर जस्तै ,

 

आफ्नै सुरमा ब्यस्त हुन्छ

 

खोली बीचको माछा जस्तै

 

आफ्नै कुवामा लुक्न खोज्छ

 

नेपालको छोरो म त

 

नेपाल भित्रै झुक्न खोज्छ

 

जती सुकै झुक्न खोजे

 

पानी जस्तै सुक्न खोज्छ

 

पुष्प जस्तो जिन्दगी यो

 

ओईलिएर झर्न खोज्छ

 

फुल्दा फुल्दै टिपे जस्तै

 

जवानी मै टिप्न खोज्छ

 

पीडा जती भुल्न खोज्छु

 

झनै मुटु दुख्न खोज्छ

 

हुरी जस्तै जिन्दिगी यो

 

हुरी सँगै चल्न खोज्छ

 

यात्रा जस्तै जिन्दगी यो ,

 

यात्रा बिच मै गल्न खोज्छ

 

बश यात्रा बिच्मै गल्न पुग्छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

 

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More