फिफाका पुर्व अध्यक्ष हुँवा हाभेलान्जले घुस लिएको खुलासा

12 July, 2012 07:40 | खेल | comments | 94050 Views

अन्तराष्ट्रिय फुटबल महासंघ फिफाका पुर्व अध्यक्ष हुँवा हाभेलान्जले पदमा रहँदा लाखौं डलर घुस लिएको तथ्य खुलेको छ ।

स्विजरल्याण्डको सर्वोच्च अदालतमा चलीरहेको मुद्दाको सुनवाईको क्रममा प्रस्तुत गरिएको प्रमाणको आधारमा यो तथ्य बाहीर आएको हो ।

  

 

विश्वकप लगायत अन्य ठुला प्रतियोगिताहरुको प्रत्यक्ष प्रशारण र वजार व्यवस्थापनको जिम्मा पाएको कम्पनी ईन्टरनेशनल स्पोर्ट्स एण्ड लेईजर ग्रुप आईएसएल लाई ठेक्का दिंदा हाभेलान्जले लाखौं डलर घुस लिएको प्रमाण भेटिएको छ ।

 

वकिलहरुका अनुसार हाभेलान्जले कम्तिमा ९ लाख ४६ हजार पाउण्ड घुस लिएका छन् भने उनका सहयोगी एवं फिफाका पुर्व कार्यकारी सदस्य रिकार्डो टेक्सेराले कम्तिमा ८४ लाख पाउण्ड घुस लिएका छन् ।

 

घुस दिने कम्पनि आई.एस.एल. भने सन् २००१ मा टाट पल्टिएर बैंक लिलामीमा गईसकेको छ । कम्पनीले ९० को दशकमा घुस दिएको र उक्त समयमा स्विजरल्याण्डमा व्यवसायीक प्रयोजनको लागि हुने कमिशनको लेनदेनलाई गैरकानुनी नमानिने जिकीर आरोपीतहरुले गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More