बाउचरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

12 July, 2012 09:11 | खेल | comments | 84750 Views

उत्कृष्ट दक्षिण अफ्रिकाका विकेट किपर तथा ब्याट्म्यान मार्क बाउचरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३५ वर्षीय वाउचरले इंङ्गल्याण्ड भ्रमणका क्रममा आखाँमा चोट लागेपछी विज्ञप्ति निकालेर अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

 

  

उनले इङ्ल्याण्डविरूद्दको खेलपछी सन्यास लिने तयारी गरेपनि आँखामा लागेको चोटका कारण उनले त्यसअघि नै विज्ञप्ति निकालेर सन्यासको घोषणा गरेका हुन् । उनले जारी गरेको विज्ञप्ति दक्षिण अफ्रिकी कप्तान ग्राहम स्मिथले पत्रकार सामू पढेर सुनाएका थिए । वाउचर इङ्ल्यान्डसँग हुन लागेको खेलका लागी प्रशिक्षणमा गरिरहेका बेला आँखामा एक्कासी चोट लागेपछी देखिएको समस्याका कारण उनले प्रशिक्षण मैदान छाडेका थिए । उनको आँखाको शल्यक्रिया गर्नुपर्ने हुन सक्ने चिकित्सकहरुले बताएका छन् । १ सय ४७ टेष्ट खेलेका बाउचरले ५ सतक र ३५ अर्धशतक सहित ५ हजार ५ सय १५ रन बनाएका छन् । टेष्टमा उनको उच्च स्कोर १ सय २५ रन हो । टेष्ट क्रिकेटमा सवैभन्दा धेरै आउट गराउने उनले ५ सय ५५ आउट गरेका छन् । वाउचरले एक दिवसीय खेलमा ४ सय २५ आउट गरेका छन् ।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More