अण्डर नाईन्टिन विश्वकप क्रिकेटको लागि नेपाली टोलीको नाम सार्वजनिक

13 July, 2012 04:37 | खेल | comments | 84900 Views

अष्ट्रेलियामा हुने आईसीसी अण्डर नाईन्टिन विश्वकप क्रिकेटको लागि नेपाली राष्ट्रिय टोलीको नाम सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले मलेशियामा सम्पन्न एसीसी अण्डर नाइन्टिन एशिया कप खेलेको टोलीलाई नैं विश्कपको लागि निरन्तरता दिएको छ ।

  

 

१५ सदस्यीय टोलीको कप्तानी पृथु वास्कोटाले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी प्रदिप ऐरीले समाल्नेछन् । टोलीमा सहभागि अन्य खेलाडीहरुमा नरेश बुढाएर, रामनरेश गिरी, मोहोमद हासीम अन्सारी, कृष्ण कार्की, भुवन कार्की, अविनाश कर्ण, सौरभ खनाल, गोपाल सिंह, राहुल विक, राजेश पुलामी, सुवास खकुरेल, सागर पुन र फैजलुर रहमान रहेका छन् ।

 

अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा नेपाल कठिन समुहमा रहेको छ । नेपालको समुहमा आयोजक अष्ट्रेलिया, इग्लण्ड र आयरल्याण्ड छन् । नेपालले आफ्नो पहिलो खेल अगष्ट १३ मा अष्ट्रेलिया विरुद्ध खेल्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More