जोन टेरीमाथि एफ.ए.ले कारवाही गर्ने

15 July, 2012 03:28 | खेल | comments | 98850 Views

रंगभेदी व्यवहार गरेको आरोपमा अदालतबाट निर्दोष साबित भएका इंग्लीश फुटबल खेलाडी जोन टेरीमाथि फुटबल संघ एफ.ए.ले अलग्गै छानविन गर्ने भएको छ ।

 

  

इंग्लीश प्रिमियर लिग अन्तर्गत गत अक्टोबरमा भएको क्विन्स पार्क रेन्जर्स क्युपिआर विरुद्धको खेलमा टेरीले रंगभेदी व्यवहार गरेको आरोप एन्टन फर्डिनान्डले लगाएका थिए । तर बेलायती अदालतले यो विषयमा दिएको फैसलामा टेरीलाई निर्दोश साबित गरिएको थियो ।

 

अदालती बयानको क्रममा विवादास्पद दुबै खेलाडी टेरी र फर्डिनान्डले मैदानमा अपशब्द प्रयोग गरेको भने स्विकारेका छन् । अदालती यही बयानलाई प्रमाण बनाएर एफ.ए.ले दुबै खेलाडीमाथि अलग्गै छानविन र कारवाहीको तयारी गरेको हो । एफ.ए.को छानविनमा दोषी ठहरीए टेरी र फर्डिनान्ड दुबैलाई केही खेलमा प्रपितवन्ध लगाईनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More