लण्डन ओलम्पीकमा पदक जित्ने सबै खेलाडीहरुको डोपिङ परिक्षण हुने

16 July, 2012 04:31 | खेल | comments | 87150 Views

लण्डन ओलम्पीकमा पदक जित्न सफल सबै खेलाडीहरुको डोपिङ परिक्षण हुने भएको छ । विश्व खेलकुदको महाकुम्भलाई डोपिङबाट मुक्त गरउान लण्डन ओलम्पीकका आयोजकहरुले पदक जित्ने सबै खेलाडीको परिक्षण गर्ने भएका हुन् ।

 

  

यसको लागि आयोजकहरुले विश्व खेलकुदको ईतिहासमा अहिलेसम्मकै ठुलो एण्टी डोपीङ अपरेशन संचालन गर्नेछन् । लण्डन ओलम्पीकका आयोजकहरुले डोपीङ परिक्षणको लागि विशेष प्रयोगशाला बनाएका छन् । यो प्रयोगशालामा १ सय ५० वैज्ञानिक र १ हजारभन्दा धेरै कर्मचारीले दैनिक ४ सय भन्दा बढी खेलाडीहरुको नमुना परिक्षण गर्नेछन् ।

 

 

ओलम्पीकका सबै पदक विजेता खेलाडीको परिक्षणसँगै अन्य केही खेलाडीलाई पनि परिक्षणको दायरामा ल्याईनेछ । लण्डन ओलम्पीकको दौरान कुल २ सय ४० भन्दा धेरै प्रतिवन्धीत शक्तिवर्धक औषधीको प्रयोगबारे परिक्षण गर्न लागिएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More