फेडेररले विश्व टेनिसमा नयाँ किर्तीमान थपे

17 July, 2012 05:55 | खेल | comments | 96600 Views

स्विस टेनिस स्टार रोजर फेडेररले विश्व टेनिसमा नयाँ किर्तीमान थपेका छन् । यो हप्ता एटिपि वरियताको शिर्ष स्थानमा कायम रहेपछि फेडेररले विश्व वरियतामा सबैभन्दा धेरै २ सय ८७ हप्तासम्म शिर्ष स्थान ओगट्ने किर्तीमान बनाएका हुन् ।

 

  

यसअघि यो किर्तीमान अमेरीकी खेलाडी पिट साम्प्रासको नाममा थियो । साम्प्रासले २ सय ८६ हप्तासम्म शिर्ष स्थान ओगट्ने किर्तीमान बनाएका थिए । फेडेररले अघिल्लो हप्ता सम्पन्न विम्बल्डन टेनिसको उपाधि जित्दै साम्प्रासको किर्तीमान भेटाएका थिएभने यो हप्ता पनि शिर्ष स्थानमाथि कब्जा जमाएपछी उनको नाममा नयाँ किर्तीमान लेखिएको हो ।

 

सन् २००४ मा २२ वर्षको उमेरमा पहिलो पटक विश्व वरियताको शिर्ष स्थानमा उक्लिएका फेडेररले त्यसपछिको एक दशक विश्व क्रिकेटमा राज गरेका छन् । टेनिसमा सबैभन्दा धेरै १७ वटा ग्रान्स्लाम जित्ने किर्तीमान पनि फेडेररकै नाममा छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More