लन्डन ओलम्पिक २०१२ – खेलाडीहरुको आगमनमा तिब्रता

17 July, 2012 08:42 | खेल | comments | 87150 Views

लन्डन ओलम्पिकमा सहभागी हुन खेलाडीहरु लन्डन जाने क्रम बढेको छ । हजारौको सन्ख्यामा खेलाडी र खेल अधिकारीको बढ्दो आगमनसगै लन्डन एयरपोर्ट निकै ब्यस्त बनेको छ ।

  

खेलकुदको महाकुम्भ ओलम्पिक शुरु हुन ९ दिन बाँकी हुँदाको दिनमा यसरी बिश्वभरीका देशबाट आफ्नो देशको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन खेलाडीहरु आइपुगेका छन । खेलाडीहरुलाई बिभिन्न स्वास्थ्य परिक्षणमा पनि सहभागी गराइएको छ । बिभिन्न बिधामा गरि करीब ६००० प्रकारका स्वास्थ्य परिक्षणहरु खेल पुर्व हुने जानाइएको छ ।

 

खेलाडी र खेल अधिकारीको सुरक्षाका लागी भनेर लन्डनमा सुरक्षा ब्यबस्था निकै कडा बनाइएको छ । सुरक्षाकै निम्ती भनेर थप प्रहरी समेत परिचालन गरिएको समेत जानकारीमा उल्लेख गरिएको छ । खेलका दौरान अवश्यक सुरक्षा ब्यबस्था मिलाउनका लागि पछिल्लो समय ३४०० G4S का सुरक्षा गार्डलाई नयाँ भर्ना गरिएको थियो ।

 

जुलाई २७ देखि शुरु हुने यो खेल महाकुम्भमा बिश्वभरको ध्यान केन्द्रित भएको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार महारानी एलिजाबेथद्वारा उद्घाटन पस्च्यात यो महोत्सब आरम्भ हुने छ । तर आयोजक र पुरै बेलायतका साथै सरोकारवालाहरुले भने सम्भावित आतंककारी घटना र त्यसको ब्यबस्थित सुरक्षा ब्यबस्था तर्फ बढी चासो राखेको देखिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More