म्यान्चेस्टर युनाईटेड सबैभन्दा महंगो क्लव

18 July, 2012 04:04 | खेल | comments | 77400 Views

इंग्लीश फुटबल क्लव म्यान्चेस्टर युनाईटेड संसारकै सबैभन्दा महंगो स्पोर्ट्स क्लव घोषित भएको छ । अमेरकिा पत्रिका फोर्ब्सले सार्वजनिक गरेको प्रतिवेदन अनुसार म्यान्चेस्टर युनाईटेडको हालको मुल्य दुई अर्ब २३ करोड अमेरीकी डलर बराबर रहेको छ ।

 

  

दोस्रो स्थानमा रहेको स्पेनिस फुटबल क्लव रियाल मड्रिडको मुल्य एक अर्ब ८८ करोड डलर बराबर रहेको छ । तेस्रो स्थानमा अमेरीकी बेसबल टिम न्युयोर्क यान्किज र अमेरीकाकै फुटबल क्लव डालस काउब्वाईज रहेका छन् भने अमेरीकी फुटबल क्लव वासिङ्टन रेडस्किन्सले पाँचौ स्थान लिएको छ ।

 

अमेरीकी धनाढ्य माल्कम ग्लेजरको मुख्य स्वामित्व रहेको म्यान्चेस्टर युनाईटेडलाई उसका तिनवटा महंगा प्रयोजकहरु एआईजि, टर्किस एयरलाईन्स र डिएचएलले संसारकै मुल्यवान क्लव बनाएका हुन् । म्यान्चेस्टर युनाईटेडले यसै महिनाको सुरुमा अमेरीकी स्टक एक्सचेन्जमा सुचीकृत हुन आवेदन दिएको छ । शेयर विक्रीबापत कम्तिमा एक सय मिलियन अमेरीकी डलर उठाउने योजना क्लवको रहेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More